-NRNA NCC USA Official LOGO

NRNA एनसीसी अमेरिकाको चुनाव निर्धारित समयमा हुने:मोशन फाइलको फैसला

Hollywood Khabar May 12,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ को निर्वाचनमा निष्पक्षता भएन भन्दै टेनेसी अदालतमा परेको मोशन फाइल माथि फैसला भएको छ।

मे १२, २०१९ सोमबार बिहान ९:३० बजे देखि भएको सुनुवाईमा अदालतले निर्वाचन रोक्नु नपर्ने, बिश्व बराललाइ तत्काल हटाउन नपर्ने फैसला गरेको छ। तर फेरि यो निर्वाचनमा खराव गरियो भनेर अपिल भएको खण्डमा निर्वाचनको नतिजा रद्ध गर्ने गरि फैसला भएको कुरा नारायाण थापेल जानकारी दिए।

फैसलाका बारे प्रतिक्रिया दिंदै नारयण थापाले भने यो मेरो व्यक्तिगत कुरा होइन, सँस्थाको लागि गरिएको हो। सबैको लागि राम्रो होस् भनेर गरिएको हो। फैसला भएको छ। अदालतमा न्याय माग्न जाने हो, जे फैसला हुन्छ त्यो सबैले मान्ने हो।

तर पनि एउटा क्लज भने बाँकी छ। अटर्नी जनरलको निर्णय के आउँछ त्यो हेर्छु भन्ने कुरा पनि फैसलामा बताइएको छ। फेरी यो निर्वाचनमा पनि उस्तै धाँधली भएको प्रमाण सहित गएमा निर्वाचनको नजिता रद्द हुने कुरा समेत उल्लेख भएको छ, थापाले बताए।

स्मरणीय कुरा, अर्को एउटा फाइल स्टेट अफ टेनेसीका अटर्नी जनरलको अफिसमा परेको छ। मे ७, २०१९ का दिन Office of the Attorney General, Public Interest Division, टेनेसीमा दर्ता भएको सो फाइल २४ पृष्ठ लामो छ। सो फाइलमा संघ भित्र भएको विभिन्न कन्फ्लिकट अफ इन्ट्रेस्टका थुप्रै प्रमाणहरु समेत समावेस गर्दै Non Profit Compaint Form दर्ता गरिएको छ।

फैसला प्रति वर्तमान एनसीसी अमेरिकाका वर्तमान अध्यक्ष डा केशब पौडेलसंग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन। यसपूर्व दर्ता भएको मुद्धा भने अझै पनि अदालतमा विचाराधीन नै छ।