NRNA अमेरिकामा जात्रैजात्रा पंजीकृत सदस्यको पैसा बुझाउन अर्को पत्र

Hollywood Khabar May 06,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को २०१७-२०१९ को पंजीकृत सदस्य र सदस्यता शुल्क संबन्धि अन्योलता जारी नै छ। सफ़्ट र हार्ड ड्राइभ गरेर बनेका ज्ञात-अज्ञात सदस्यबारे सयौं प्रश्न अनुत्तरित छन्।
गत अप्रिल २९, २०१८ मा यो पंक्तिकारले प्रमाण सहित एनसीसी अमेरिकाले १ करोड ४५ लाख भन्दा धेरै रुपैंया बराबरको सदस्यता बापतको रकम गायव गरेको समाचरमुलक लेख प्रकासित गरेको थियो। त्यो बिषयले गान्भिर्यता लियो र समाचारबाट ध्यानाकर्षित भएको गैरआवासीय नेपाली संघले अन्तत एनसीसी अमेरिकालाई एउटा पत्र नै पठायो।
पठाइएको पत्रमा अमेरिकाले १४,८८६ जना पंजीकृत सदस्यहरुको सदस्ता बापत बुझाउनु पर्ने सदस्यता शुल्क १४,६१३ जना सदस्यहरुको मात्र शुल्क रकम बुझाएकोले बाँकी २७३ जनाको शुल्क तुरुन्त बुझाउन भनिएको छ। यस अघि नै अध्यक्ष डा पौडेललाइ गैरआवासीय नेपाली संघले अरु दुइ बिषयमा स्पस्टिकरण मागेको छ।