NRNA अमेरिका चुनाब: को अगाडि, अध्यक्ष देखि आइसीसी सदस्य सम्म

Hollywood Khabar September 03,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया ९/३/१७

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन यहि सेप्टेम्बर ५ र ६, २०१७ का दिन हुँदैछ। निर्वाचन प्रक्रिया लगभग एक वर्ष लामो भयो। समय, साथ र लगानी सबै जोड्ने हो भने यो भन्दा महँगो निर्वाचन नेपाली समाजको लागि अर्को कुनै हुनेछैन। अब यो कुराको बिकल्प पनि हेर्नु नयाँ नेतृत्वको लागि जरुरी भएको छ।
निर्वाचनको पछिल्लो समय गत सेप्टेम्बर २ मा पुग्दा सबै भन्दा धेरै ध्रुवीकारणको गतिले तिब्रता लिन पुगेको थियो। डा केशब पौडेलको चर्चा र बजार खस्कनु र जसरी पनि डा पौडेललाइ हराउन लागेका जनसम्पर्क समिति अमेरिकाका एकाथरी र प्रवासी मंच अमेरिकाले धेरै प्रयास गरे।
विकल्प दिनकै लागि रबिना थापा र कृष्ण पोख्रेलबीच समन्वय गराउने प्रयास स्वरुप ५ पटक भन्दा धेरै मिटिङ्ग गरे। प्रयासको फलस्वरूप पुर्व आकांक्षी गौरी जोसीका टिमबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार तेम्बा नुर्बु लामा (शेर्पा), उपाध्यक्षका उम्मेदवार भुवन आचार्य अनि केहि सदस्यका उम्मेदवार रबिना थापा क्याम्पमा मिले। यसबाट रबिना थापाको समासेसी टिमको बाटो झन बलियो भयो।
प्रवासी मंचका अध्यक्ष प्रभु थापा नेपालीका अनुसार रबिना थापा टिम र मंचबीच एक आपसमा सघाएर जाने जेन्टल सहमति भयो। मंचका निवर्तमान अध्यकक्ष तथा NRNA अमेरिकाका सदस्यका उम्मेदवार संजय थापा, प्रिती सागर खत्रीका साथमा उपाध्यक्षका उम्मेदवार पुरुषोत्तम बोहोरा लगायत थापा क्याम्पमा सरे। उता एउटा बिना मतको झुण्ड कृष्ण पोख्रेल तर्फ अड्कियो, जनसम्पर्क समितिका थुप्रै नेताहरु रबिना थापातर्फ समर्थनमा लागे। आज त नेता र समाजक थुप्रै अग्रजहरुले थापाको समर्थनमा बक्तब्य नै निकालेका छन।  
यसै बीच जबर जस्ती पोख्रेल तर्फ खिच्न लगिए पछि जन सम्पर्क समितिका एक केन्द्रिय सदस्यले भने, “हार्ने अध्यक्षका उम्मेदवारलाइ किन सघाउने ? म त मान्दिन, मेरो समर्थन रबिना थापालाई हुन्छ।” यस्ता बिच्केका नेता धेरै छन् जसले थापालाई सघाउन थालेका छन्। त्यो सबै कारणले गर्दा थापा झन् बलियो भएको प्रस्ट देखीयो।
उता भएजतिको शक्ति लगाएर गौरी जोसीलाइ फकाउन गएका डा केशब पौडेलको प्रयास खोलामा गयो। जोसी दिल नखोली बिचमा बसेको अवस्था छ। आखिर सघाउनु पनि किन? मरेर तान्न खोजे पनि जनसंपर्क समितिका ६ जना मात्र नेताहरु डा पौडेल तर्फ छन्। अर्कोतिर गत हप्ता उपाध्यक्षका उम्मेदवार पुरुषोत्तम बोहोरासंग टाइ गर्न बसेको बैठकले बिच्केकी राधा पौडेललाइ भने थापा टिमले मलम लगाउनु पर्ने प्रस्ताव आएको छ। यदि यसो भयो भने डा पौडेलको अर्को घाटाको समाचार हुनेछ।
यसै बीच केहि भ्रम फैलाउन जनसम्पर्क समितिको नाम भजेर प्रचार गरे पछि, समितिका महासचिव मुनिन्द्र नेम्बाङ्गले समितिको कोही पनि आधिकारिक उम्मेदवार NRNA अमेरिकामा छैनन भनेर प्रेस रिलिज नै निकालेर प्रस्ट पारेको अवस्था छ।
अब ठूलो हिस्साका कांग्रेसी, प्रवासी मंच, जनजाती महासंघ सम्बद्ध व्यक्तिहरुले बिरोध गरेका डा पौडेलको संभावना भनेको दोश्रो स्थान देखिएको छ। जति सुकै खोके पनि कृष्ण पोख्रेल तेश्रो र राम पोख्रेल चौथो स्थान लिनेमा भने कसैले रोक्न नसक्ला भन्दै निर्वाचनलाइ नजिकैबाट हेरेका नेपाल अमेरिका पत्रकार संघका एक पत्रकार नेताले कारण सहित बताउनुभयो।
यो सबै अवस्थाले सृजिएको शुक्र उदयले गर्दा उपाध्यक्षमा रबिना थापा टिमकै बरिष्ठ उपाध्यक्ष तेम्बा नुर्बु लामा, उपाध्यक्षहरु सुमन बुढा मगर, भुवन आचार्य, नारायाण बन र डा पौडेल तर्फकी राधा पौडेल बलिया देखिएका छन्।
दोश्रो आकर्षणको रुपमा हेर्ने गरिएको महासचिव पदमा थापा प्यानलकै महेश मल्ल अब्बल दर्जाका देखिएका छन। डा पौडेलले चलाएका दुइ-दुइ महासचिवका उम्मेदवार मध्य बाबुराम लामालाइ छोडेर सुर्य लम्साललाइ च्यापेपछि लामा र लम्सालबीच अर्को महाभारत परेको छ।
सचिवमा थापाकै टिमका टेक लामाको एकल बर्चस्व छ। कोषाध्यक्षका लागि थापा टिमका डा प्रकाश अर्याललाइ टक्कर दिने कसैको हिम्मत नै देखिएको छैन। महिला संयोजकमा थापा प्यानलकै इन्दिरा त्रिपाठी बलियो देखिएको अवस्था छ। कहिले गौरी त कहिले डा पौडेलमा नाचेकी लक्ष्मी खरेलको स्थिति फितलो छ।
बोर्ड सदस्यमा रबिना थापा तर्फका मन मोहन वाइवा, भबिन्द्र शेरपुन्जा, पुष्प लता भन्डारी, प्रकश शर्मा, सबिन्द्र थापा, प्रिती सागर खत्री, कर्ण चन्द, नवराज के सी, तृष्णा शर्मा, सुरज घिमिरे र संजय थापाकै चर्चा अगाडि छ।
८ सिटका लागि हुने आइसिसि सदस्यहरुको निर्वाचनमा सबै भन्दा बढी चर्च बिष्णु मान प्रधानको छ। त्यसैगरी बेदराज बस्नेत, गोमा सेन, बन्दना कोइराला, प्रकाश सापकोटा, बनिता कतिला, लोक तिवारी, बलराम थापा प्रतिस्पर्धी मानिन्छन। आफ्नो अडान नहुनाले गर्दा हविगत पातलो भएपछि डिल्ली भट्टराईले डा पौडेल क्याम छोडेर थापा क्याम्पमा जाने कुरा बाहिर आएको छ।