-Vinaya Adhikari, Deputy of General Secretary NRNA NCC UK

NRNA: अमेरिका पछि बेलायतमा पनि एनआरएनहरुको सार्वजनिक बहस हुँदै

Hollywood Khabar April 30,2019 Comments

लण्डन/५/१/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको आसन्न निर्वाचन नजिकिंदै गर्दा त्यहाँ एउटा सार्वजनिक बहसको आयोजना गरिएको छ।

एनसीसी बेलायतका वर्तमान उपमहासचिव तथा आयोजक अनलाइनका अध्यक्ष विनय अधिकारीले गैरआवासीय नेपालीको अहिलेको जल्दाबल्दा मुद्धामा केन्द्रित भएर एनआरएन बहश आयोजना गरिएको जानकारी दिए।

अधिकारीका अनुसार बहास मे २५, २०१९ का दिन हुने भएको छ। बेलायतबाट सञ्चालित अनलाईन ट्वान्टीफोर न्युज प्रेस डटकमले आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर आगामी मे २५, २०१९ का दिन ऐतिहासिक एनआरएनएन बहस कार्यक्रमको आयोजना गरेको हो। संसदमा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकताकोे विषयलाई प्रमुख मुद्दा बनाएर अनलाइनले बहश कार्यक्रम आयोजना गर्न लागेको हो।

अमेरिकामा २०१४ देखि नै यस्तो सार्जनिक बहस गरिएता पनि यूकेमा भएन यो कार्यक्रम बहस हो। अध्यक्ष अधिकारीका अनुसार कार्यक्रम सफल बनाउनको लागि एनआरएन यूकेको साथ र सहयोग रहेको छ। आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, एनआरएन यूकेका संरक्षक योगेन्द्र क्षेत्री, वर्तमान अध्यक्ष योगकुमार फगामी लगायतको सहयोग रहेने भएको छ, अधिकारीले भने।

सो मिडियाको अवार्ड बितरण तथा बहस एकै स्थानमा दुइ चरणमा सम्पन्न गरिने भएको छ। उक्त बहस कार्यक्रममा एपीवान टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता टिकाराम यात्री रहेका छन्।

यूकेका नेपाली राजदूत दुर्गा प्रसाद सुवेदी, एनआरएनका पूर्व अध्यक्षद्धय जीवा लामिछाने, शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट, एनआरएनए नागरिकता कार्यदलका संयोजक रामप्रताप थापा, एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, एनआरएन अभियन्ता सोनाम लामा, एनआरएन युकको पूर्व अध्यक्ष योगेन क्षेत्री, प्रमुख संरक्षक सूर्य गुरुङ डमर घले, एनआरएन यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन अफ्रिका संयोजक सुनिल कार्की, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी, अष्टेलिया महावाणिज्य दुत दिपक खडका, नेपाल पत्रकार महासंघका महासचीव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपीवान टेलिभजनका महाप्रवन्धक विकास लामिछाने, एपीवान टेलिभजनका सिनियर रिपोर्टर मोहराज शर्मा लगायत एनआरएनए युरोपभरिका एनसिसी अध्यक्ष तथा क्षेत्रीय संयोजक, सहसंयोजकहरु, विज्ञहरु, एनआरएन अभियन्ताहरुको सहभागिता रहनेछ।

त्यस्तै, यूकेबाट स्कटल्यान्ड, वेल्स र नर्दरआयर ल्यान्ड, लिभरपुल लगायतबाट पनि बाक्लो सहभागिता रहनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, एनआरएनकर्मी र बेलायतमा बस्ने गैरआवासीय नेपाली लगायतको सहभागिता रहनेछ। कार्यक्रममा अहिलेसम्म ३ सय भन्दा बढीलाई निमन्त्रण गइसकेको अध्यक्ष अधिकारीले जानाकारी दिए।