-NRNA:गैरआवासीय नेपाली संघ बेलायत आठौं अधिबेशन सेप्टेम्बर १४ र १५ मा

NRNA:गैरआवासीय नेपाली संघ बेलायत चुनाबमा होमियो, आठौं अधिबेशन सेप्टेम्बर १४ र १५ मा

Hollywood Khabar April 23,2019 Comments

-बिपिन निरौला/लण्डन/४/२४/१९

बहुप्रतिक्षित गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युकेको आठौं अधिवेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुने भएको छ।

बिगतमा पनि त्रिपक्षीय अर्थात् तीनजना अध्यक्ष्य र महासचिब हरुको महासंग्राम झैँ निर्वाचन मार्फत करिब आधा दर्जन उपाध्यक्ष्य र तिन जना सचिब रहेको जम्बो कार्यसमिति निर्वाचित भएको थियो। यसपटक पनि त्यस्तै चुनाबी संग्राम हुने देखिएको छ ।
बर्तमान कार्य समितिका ५ जना उपाध्यक्षहरु शेर बहादुर सुनार, पुनम गुरुङ, सुशीला राई, प्रेमगाहा मगर र ललित न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । महासचिव आर के त्रिपाठीले भने पुनः यूकेको महासचिव वा युरोप संयोजकमा लड्ने आकांक्षा व्यक्त गरेका छन् । रातोपाटीसंगको सम्क्षित्त कुराकानीमा त्रिपाठीले सबै साथिहरुसंग सल्लाह गरेर निर्णय र निष्कर्समा पुगिने बताए । अर्को महत्वपुर्ण मानिएको पद कोषाध्यक्ष्यमा युवा ब्यबसाई राजन खकुरेलले उमेद्वारी घोसना गरेका छन् ।

विभिन्न पदमा धेरै आकांक्षी भएरनै होला नटिङहममा सोमबार बसेको संघको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा साधारणसभा गर्ने निर्णय गरेको हो । निर्वाचन र सदस्यता वितरण पारदर्शी बनाउन संघका अध्यक्ष योगकुमार फगामी र महासचिव त्रिपाठी सम्मिलित सदस्यता सिकायत कमिटी समेत बनाइएको छ ।

महासचिब त्रिपाठीका अनुसार ३१ जुलाई सम्म सदस्यता लीइ सक्नुपर्ने र सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ । एस अघि सदस्यता सुल्क ५ पाउण्ड मा झारिने केवल हल्ला मात्र भएको र फेरी महँगो सदस्यता सुल्क राखिएको गुनासो धेरैको रहदै आएको छ। सदस्यता अनलाइन वा पेपर फारामबाट लिन सकिने निर्णय गरिएको छ। सदस्यता दर्ता व्यवस्थित गर्न पूर्ण गुरुङलाई सचिवालय सचिव नियुक्त गरिएको छ। ५०० भन्दा बढि सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समवय समितिका लागि बेग्लै निर्वाचन बुथ राख्ने पनि निर्णय भएको त्रिपाठीले बताए ।

साथै स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको अधिवेशन एवं निर्वाचनका लागि जुलाई २०१९ मा हुने विधान अधिवेशनमा प्रष्ट उल्लेख गरि एनआरएनए यूके र राज्य समन्वय समितिको निर्वाचन एक व्यक्ति एक पदको सिद्धान्त अनुसार एकै दिन गराइने निर्णय भएको बताइएको छ ।