-एनआरएनए एनसीसी युएइद्वारा सारझा मेगा मलका र अन्य स्थानमा राहत वितरण

NRNA:एनआरएनए एनसीसी युएइद्वारा सारझा मेगा मलका र अन्य स्थानमा राहत वितरण

Hollywood Khabar April 17,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युएईको राहत वितरण अभियान अन्तर्गत आठौ दिन राहत रोला रोड १२ जना, सारझा मेगा मल ३८ जना र अल नाहदा ६ जना गरि कुल ५६ जनालाई १३१ केजी चामल, ५३ केजी प्याज, ५६ केजी आलु, ४० केजी दाल लगायतका अन्य खाध्य सामाग्री वितरण गरिएको छ।

एनआरएनए एनसीसी युएईको राहत टोलीलाई केहि खाद्य सामग्री उपलब्ध गराएकोमा नेपाल मगर संघ शाखा युएई, जनसम्पर्क समितीका सल्लाहकार पूर्ण खड़का र सामान राख्नको लागी गोदाम उपलब्ध गराएकोमा नेपाल ट्राभल्स बरदुबई प्रति हार्दिक आभार प्रकट गर्दछ।

यस अभियानमा दिनभरी फिल्डमा खट्ने मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासांग शेर्पा, युवा संयोजक मदन अधिकारी, एनसीसी सदस्य सुजन सापकोटा, टंक जी, रमेश गौतम जी लगायत सबै एनसीसी र आइसीसीका सदस्यहरु लगायत सहयोग गर्नुहुने सबैलाई एनआरएनए एनसीसी युएईका अध्यक्ष प्रकाश कोईराला तथा सिन्घो एनसीसीको तर्फबाट हार्दिक धन्यवाद।

यही क्रममा यस राहत अभियानलाई सहयोग गर्ने हेतुले प्रबासी नेपाली मंच यूएईका राष्ट्रिय कमिटी सदस्य श्रटक बहादुर गुरुंग बाट २०० दिराम्स नगद सहयोग र एनआरएनए एनसीसी सदस्य बीरेन्द्र नकर्मी बाट २४७ दिराम्स बराबरको खाद्य सामग्री प्राप्त भएको थियो।

यो महाअभियानमा कोही पनि व्यक्तिहरु आफ्नो योगदान गर्नको लागि जोडिन चाहनुहुन्छ भने एनसीसी यूएईका पदाधिकारीहरुलाई सम्पर्क गर्नहुनको लागि अनुरोध छ।

एनआरएनए एनसीसी युएई

१७ अप्रिल २०२०