-एनआरएनए एनसीसी स्पेनका प्रवक्ताको बिज्ञप्तिप्रति नेपाल पत्रकार महासंघ युरोपको ध्यानाकर्षण

एनआरएनए एनसीसी स्पेनका प्रवक्ताको बिज्ञप्तिप्रति नेपाल पत्रकार महासंघ युरोपको ध्यानाकर्षण

Hollywood Khabar July 31,2019 Comments

मिति : ३१ जुलाई २०१९

प्रेस बिज्ञप्ति

गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता हिरालाल सापकोटाको हवला दिएर सार्वजनिक गरिएको बिज्ञप्तिप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालमा निरकुंशताको अन्त भएपनि आफुलाई महाराजा झै सम्झने एनआरएनए स्पेन अध्यक्षले नेपालमा लामो समययता पत्रकारिता गर्दै आएको र स्थानीय नारायणी एफएम, स्थानीय पत्रिका हुदै एभिन्यूज टीभी, न्युज २४ टिभी, हिमाल टिभी, माउण्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, लोकतन्त्र डटकम हुँदै नेपाल समाचार पत्रमा लेख्दै आएका स्वतन्त्र संञ्चार कर्ममा विश्वास राख्ने खबरकर्मी तथा यूरोप शाखाका सदस्य दीपेन्द्र गजुरेलले खबरदारी गरेकै भरमा उनीप्रति लक्षित बिज्ञप्तीमा महासंघ खेद प्रकट गर्दछ।

सामान्य प्रकृया समेत नबुझेर एनआरएनए स्पेन अध्यक्ष चिन्तामणि सापकोटाले लिएको गलत निर्णय तत्काल सच्याउँन हार्दिकतापूर्वक अनुरोध गर्दछौ । सो निर्णय नसच्चाए नेपाल पत्रकार महासंघ युरोप शाखा कडा कदम चाल्न बाध्य हुने कुरा यसै बिज्ञप्ति मार्फत सचेत गराउन चाहान्छौ।

केजिन राई

अध्यक्ष

नेपाल पत्रकार महासंघ युरोप शाखा