एनसीसी अमेरिकालाइ आरसी जोशीले दिएको निर्वाचन रोक्ने पत्रलाइ पुर्व आरसी, डिआरसी, अध्यक्ष र उपाध्यक्षको समर्थन

NRNA:एनसीसी अमेरिकालाइ आरसी जोशीले दिएको निर्वाचन रोक्ने पत्रलाइ पुर्व आरसी, डिआरसी, अध्यक्ष र उपाध्यक्षको समर्थन

Hollywood Khabar May 13,2019 Comments

कृष्ण के सी/अमेरिका/५१४/१९

गैरआवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी राज जोशीले मे १४, २०१९ का दिन संघको एनसीसी अमेरिकाले बिधि र प्रक्रिया संगत नागरेको भन्दै सो पुरा गरेर निर्वाचनमा जान सुझाव दिएका छन्।

आरसी जोशीको सो पत्र पछि एनसिसी अमेरिकामा एक किसिमको अन्योलता आएको छ। कार्यसमिति भित्रबाट नै निर्वाचन रोक्ने र नियमित गर्ने कुरामा दुइ फरक धारणा आएका छन्।

यसैबीच आरसी जोशीको वर्तमान पत्रलाइ यस क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन, निवर्तमान क्षेत्रीय संयोजक सोनाम लामा, निवर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पा, एनसीसी पूर्व अध्यक्ष शिव कुमार राई, एनसीसी निवर्तमान उपाध्यक्ष रबिना थापा, एनआरएनए अभियन्ता पासाङ लामाले समर्थन गर्दै बक्तब्य नै निकालेका छन्।

आरसी जोशीको पत्र

श्रीमान अध्यक्ष्यज्यू १४ मे २०१९

तथा

प्रमुख निर्बाचन अधिकृतज्यू

गैर आवासिय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद अमेरिका

महोदय,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनावको सन्दर्भमा सदश्यता आवेदन देखि हालसम्म भए गरेका कामहरुवारे आम समुदायमा व्यापक चासो र चिन्ता उब्जेको अवस्था छ । वेवसाइटमा आएको समस्याको कारण सदश्यता दर्तामा समस्या पैदा भएको र उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममापनि पटक पटक वेवसाइट अवरुद्ध भएको थियो । वेवसाइट वनाउन जिम्मा दिएको कम्पनीका वारेमा पनि विभिन्न टीका टिप्पणीहरु भईरहेको सन्दर्भमा नेपाली समुदाय र एनआरएनए एनसीसी अमेरिकाका सदश्यहरुको चासो र चिन्तालाई सम्वोधन गर्नु अमेरिकाज क्षेत्रको दायित्व पनि हो । यस क्रममा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन निष्पक्षतालाई लिएर उठेका विभिन्न प्रश्नहरु प्रति गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) गम्भिर भएको छ ।

एनआरएनए आईसीसी अमेरिकाज क्षेत्रसम्म समेत निर्वाचन निष्पक्षता ग्यारेण्टी गरिनु पर्यो भन्ने वारेमा उजुरीहरु परेका छन् । यसवारेमा आईसीसीमा पनि पटक पटक औपचारिक र अनौपचारिक छलफल भएको छ । एनआरएनए विधानमा आईसीसी र एनसीसी विचमा पारदर्शियता हुनुपर्ने उल्लेख छ र अन्तरास्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सम्पूर्ण पंजीकृत सदस्यको अभिलेख अन्तरास्ट्रिय समन्वय समितिमा हुनुपर्ने उल्लेख छ| एनसीसीमा सदश्यता एनआरएनएको सदस्यता पंजीकरण नियम अनुसार आईसीसीको केन्द्रिय एमआईएस प्रणाली अनुसार हुनुपर्छ । एनआरएनएमा आवद्ध विश्वका ८० देशका एनसीसीहरुले एमआईएस प्रणाली अनुसार सदश्यता पंजीकरणको अभियान आगाडी बढाएका छन् । एनआरएनए एनसीसी अमेरिकाले मात्र विधान तथा नियमावलीको यो व्यवस्था अनुसार सदश्यता वनाएको छैन । एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्षरुपमा हुनु पर्छ । यो आईसीसीको मान्यता हो । निर्वाचन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न हुन नसकेमा आईसीसीको विधान अनुसार वाध्यात्मक कदम पनि चाल्नु पर्ने अवस्था आउन सक्छ । यसवाट आउने गम्भिर परिणामको जिम्मेवार एनआरएनए एनसीसी र निर्वाचन समिति नै हुने छ ।

आईसीसीको निर्बाचन सम्बन्धि नियमावली अन्तर्गत हरेक एनसीसीमा निर्बाचन प्रकृयालाई निरीक्षणको लागि क्षेत्रीय संयोजनको सहमतिमा पर्यवेक्षक नियुक्त गर्नुपर्छ| निर्वाचन नतिजा सवैका लागि स्विकार्य होस भन्ने उद्देश्यले मेरो निर्देशनमा आईसीसी अमेरिकाज् क्षेत्रले अहिले उठेका विवादलाई सम्वोधन गर्न तीन सदश्य समिति वनाएको थियो । विभिन्न क्षेत्रका विज्ञ रहेको उक्त समितिलाई हालसम्म भएका कामहरु, देखिएका कमि कमजोरीका विषयमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिईएको थियो । तर, एनआरएनए एनसीसी अमेरिकाले यो समितिलाई असहयोग गर्यो र सदस्यता सम्बन्धि जानकारी लगायतका कुनैपनि सूचना प्रदान गरेन। आईसीसी अमेरिका क्षेत्रको सहज र निष्पक्ष निर्वाचन गराउने प्रयासमा यो असहयोगका कारण अवरोध आयो । यसले गर्दापनि हुन लागेको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा हुदैन कि भन्ने थप शंका उब्जेको छ । आईसीसीको विधान अनुसार स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन भएन भने यसलाई अस्विकार गर्ने अवस्था आउन सक्छ । यस्तो परिस्थिति नआओस भन्नेमा आईसीसी सचेत छ ।

अहिले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन प्रकृयामा २ सय भन्दा वढी उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। संस्थामा ९ हजार भन्दा वढी मतदाता हुुनुहुन्छ । निष्पक्ष निर्वाचन हुन सक्यो भने मात्र यो सवैका लागि स्विकार्य हुन्छ । निर्वाचन परिणाम सवैको लागि स्विकार्य हुन सकेन भने अलिहेको एनआरएनए एनसीसी अमेरिकाका सदश्य मतदाताका विवरण सार्वजनिक दुरुपयोग भएका तथ्यहरु वाहिर आएका छन् । केही उम्मेदवारले ती व्यक्तिगत विवरण प्राप्त गरेर इमेल र म्यासेज पठाएको भेटिएको छ । मतदाताको व्यक्तिगत विवरण दुरुपयोग गर्ने छुट कसैलाई छैन । यस प्रति पनि आईसीसी गम्भिर छ । आईसीसीलाई नदिईएको विवरण उम्मेदवारहरु संग कसरी पुग्यो यो पनि अनुसन्धान हुनुपर्छ ।

सदश्यताको सवालमा आईसीसीको केन्द्रिय एमआईएस प्रावधान पालना गर्नु पर्ने र अहिले सदश्यताका वारेमा उठेको विवादलाई पुन भेरिफिकेसन गर्नु पर्ने अवस्था आएको छ । यस प्रकृया पुरा गरेर मात्र निर्वाचन गर्नु र गराउनु उपयुक्त हुने छ ।

माथि उल्लेखित परिस्थितिको कारणले गर्दा राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनाब हाललाई स्थगित गरि रास्ट्रिय महाधिबेशनले तोकेकों समय परिधिभित्र रहेर सदस्यताको सम्पूर्ण विवरण एमआइएस सिस्टम अन्तर्गत दर्ता तथा भेरिफिकेसन गरेर आईसीसीले तोकेकों पर्यवेक्षकको रोहबरमा मात्र गराउनु हुन् निर्देशन छ| अन्यथा अन्तरास्ट्रिय समन्वय समितिको बिधान तथा चुनाब सम्बन्धि नियमावली अनुसार मान्यता प्राप्त नहुने व्यहोरा जानकारी गराउछु|

अन्तरास्ट्रिय समन्वय समितिको समन्धित नियमाबलिहरु यसै साथ संग्लग्न छ|

गौरी राज जोशी

क्षेत्रिय संयोजक

गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्र ।

क्षेत्रीय उपसंयोजक नविन शेरचनको बक्तब्य

आदरणीय अमेरिकावासी नेपाली

दाजुभाई तथा दिदीबहिनीहरु,

नमस्कार;

हालै मेरो नाम उल्लेख गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन सम्वन्धी विभिन्न संचार माध्यम र सामाजिक सन्जालमा प्रकाशित विज्ञप्ति सही र सत्य नभएको कुरा यसै विज्ञप्ति मार्फत यहाँहरू सबैलाई जानकारी गराउँदछु ।

यस एनआरएनए विधानमा आइ सीसी र एन सीसीको वीचमा बिशेष पारदर्शीता हुनुपर्ने उल्लेख भएकोले अन्तराष्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सदस्यहरुको अभिलेख अन्तराष्ट्रिय समन्वय समितिको मातहतमा रहेर सहज वातावरणमा विवाद रहित ढंगले संस्थाको निर्वाचन सम्पन्न गर्न म सबै पक्षलाइ हार्दिक अनुरोध गर्दछु।

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोग र वर्तमान कार्यसमितिलाई निर्वाचन सम्बन्धी उठेका सबै सवालहरुको निष्पक्ष छानबिन गरेर, पुर्ण पारदर्शी ढंगले, विवादरहित वातावरणमा मात्र चुनाव सम्पन्न गर्न म क्षेत्रिय उपसंयोजकको हैशियतले सवैलाइ विशेष अनुरोध गर्दछु।

धन्यवाद,

नविन शेरचन

क्षेत्रिय उप संयोजक

गैर आवासिय नेपाली संघ अमेरिका क्षेत्र

मिति : १४ मे २०१९

निवर्तमान क्षेत्रीय संयोजक सोनाम लामाको समर्थन

गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरी राज जोशी ज्युको विज्ञप्ती स्वागतयोग्य छ। उक्त विज्ञप्तीलाई ध्यान दिएर सहज वातावरणमा विवाद रहित ढंगले निर्वाचन सम्पन्न गर्न म निर्वाचन आयोगलाई विनम्र आग्रह गर्दछु।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन सधै निष्पक्ष र धादली रहित हुनुपर्दछ। यस संस्थालाई कुनै पनि बाहनामा विवादित वनाउनु हुन्न।

यस संस्था कुनै पनि राजनितिक स्वार्थ , ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको बृहत्तर हितको लागि नेतृत्वमा आउन ईच्छुक आम एन आर एनहरुलाई सहभागी हुने सौहार्दपुर्ण वातावरण बनाउनु हरेक राष्ट्रिय समन्वय परिषदको प्रमुख दायित्व हो।

करिब ८० भन्दा बढी राससको चुनाव हुन बाकिं छ, अससको विधान अनुसार गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन गर्ने पर्याप्त समय हुदां हुदै चुनाव गर्न यती धेरै हतारिनु कुनै आवश्यक महशुस गरिएन्।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोगले जनमानसमा उठेका सबै सवालहरुको निश्पक्ष छानबिन गरेर, पुर्ण पारदर्शी ढंगले, विवादरहित वातावरणमा चुनाव सम्पन्न गर्न म व्यक्तिगत रुपमा विशेष अनुरोध गर्दछु।

धन्यवाद

सोनाम लामा

निवर्तमान क्षेत्रिय संयोजक

गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका

निवर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाको समर्थन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको बारेमा गैरआवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी राज जोशीले मे १४, २०१९ का दिन गरेको सुझाव सान्दर्भिक छ।

म आफू यस क्षेत्रको क्षेत्रीय उपसंयोजक भएर काम गरिसकेको छु। हाल आएर एनआरएनए एनसीसी अमेरिकामा थुप्रै खाले Conflict of Interest बढेको छ। यहाँ सम्मकी PLLC जस्तो सम्मानित कम्पनी संचालन गर्ने व्यक्तिहरुले पनि संस्थाको मर्यादा अनुरुप काम नगरेको अवस्थामा RC गौरी जोशीको यो एनआरएनए एनसीसी अमेरिकालाई सम्पूर्ण बिधि पुरा गरेर निर्वाचनमा जानु भन्ने सुझावप्रति मेरो समर्थन छ।

ICC को बिधान अनुसार NCC हरुले RC/DRC को सल्लाह र सहमतिमा बिधान मुताविक गतिबिधि गर्नुपर्ने प्रावधान रहेको छ। यदि एनसीसीले त्यो कुरालाई मानेन भएन त्यसको नतिजा अप्रिय पनि हुन सक्नेछ। यस बाहेक अमेरिकामा IRS मा 501C अन्तर्गत दर्ता भएका संस्थाहरु गैरमुनाफा, गैरराजनैतिक र सबैखाले भेदभावबाट मुक्त हुनुपर्छ। अन्यथा टेनेसी अदाल होइन IRS बाट 501C नै खारेज हुनसक्छ।

संसारमा रहेका ८० वटा एनसीसीहरुमा अग्रस्थानमा पुग्नुपर्ने अमेरिका यस्तो खाले गतिविधिले गर्दा धेरै पछाडी परेको कुरा सबैले स्मरण गर्नुपर्छ।तसर्थ एउटा सम्मानित संस्था बनाउनको लागि RC जोशीका सुझावहरु मानेर जान एनआरएनए एनसीसी अमेरिकालाई म पूर्व DRC एसी शेर्पाको पनि सुझाव छ। यो घडिमा, एनआरएनए एनसीसी अमेरिकालाई सहि, सम्मानित बनाउने र मिलाएर लैजाने कार्यमा मेरो सधैं समर्थं रहने कुरा समेत जानकारी गराउँदछु।

निवर्तमान एनसीसी उपाध्यक्ष रविना थापाको समर्थन

हालै एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रिया बारे चुलिएको विवाद र अविस्वासलाई क्षेत्रिय सयोजक श्री गौरी जोशी ज्यु वाट हालै आएको निर्णय स्वागत योग्य छ। हामी सम्पूर्ण एनआरनएको हक अधिकारको रक्षा गरि बिधि बिधान बमोजिम संस्था चल्न नसकी रहेको बिगत देखिको जटिल समस्यालाई अहिले गरिएको निर्णयकै आधारमा यदि नैतिकताको आधारले हालको निर्वाचन समितिले आफ्नो पदबाट राजिनामा दिनु बाहेक अन्य कुनै बिकल्प नरहेको मेरो ठम्याई छ।

रविना थापा