NRNA:एनसीसी अमेरिकाको सिकागो साधारण सभा र हाम्रो उपस्थिति

0
shares

by Krishna KC | Updated: 30 Jun 2019

214 views
-Ram Kumar Subedi, NRNA NCC USA VP

राम कुमार सुबेदी/टेक्सस/६/३०/१९

अगाडि ड्यासमा को बस्छ, प्रमुख अतिथि वा अतिथि को आउँदै छ भन्दा पनि हामी कहाँ बस्छौं, बस्दै त छौं र आउँदै त छौं त्यो महत्वपूर्ण प्रश्न हामीलाई नै हो।

ड्यासमा बस्नेले कति सँस्थालाई क्यास गरेर खलाँस गरेका छन् पछाडि बस्नेले सँस्थालाई अगाडि बढाएका छन् l सँस्था खराव छैन, खहरे बनाउनु हुन्नl तपाईंको असन्तोषको कारणको अनुपस्थितिले खहरे मात्रै हैन एन आर एन मरूभूमि बन्छ l सडकमा, सन्जालमा र साउतीमा कुरा राख्ने भन्दापनि साधरण सभामा शानदारसाथ कुरा राख्दा सुनमा सुगन्ध र सुनुवाई हुन्छ l बुढी औंला उठेको फेसबुकमा हेरेर वा मुटु संकेतले नजिक हुन सकिएला वा परिचित भईएला तर त्यो निर्णायक नहोला l बरू सभामा हात उठाउनुहोस्, औंला ठड्याउनु होस्, मुटु दह्रो पारेर बोल्नुस् अनि ड्यासमा बस्नेलाई महसुस हुन्छl त्यसैले सिकागो सभामा जाओँ l जाने मात्रै हैन सभ्य र भव्यकासाथ सकृय सहभागिता जनाऔं l

सँस्था एक सवारी हो, चलाउने चालक मात्रै हामी हौँ वा थियौँ l मालिक तपाईंहरू नै l चालक कहिले थाक्छ वा घरपरिवारले छेक्छ, कहिले टायर पञ्चर हुन्छ, कहिले मर्मत गर्नुपर्ने हुन्छ त कहिले सम्भार l यसमा चालकको मात्रै दायित्व वा दोश हैन मालिकको पनि कर्तब्य हो l हामीले पनि यो गर्यौँ, त्यो गर्यौँ भन्दैनौ, भन्न पनि हुन्न तर जति गर्यौँ, अहित हुने काम गरेनौँ l जनहितकै लागि लाग्यौँ l केही राम्रा कामहरू सम्पन्न भएका छन्, केही शुरुवात l बेथिति थियो थिति बसेको स्थिति छ l सदस्यता निर्माण, पहिचान र प्रमाणिकरणमा सामान्य र स्वीकार्य कमीकमजोरी भए होला, स्वीकार्छु तर एउटा बाटो बनेको छ अब आगामी दिनमा त्यो बाटोमा हिंड्न सबै वाध्य छौं l पछि फर्किने अवस्था छैनl सँस्थाको दीगो स्थायित्वको सबैभन्दा महत्वपूर्ण कार्य सदस्य निर्माण र नवीकरणलाई व्यवस्थित, अझ प्रविधियुक्त, झन सरल, सहज, शीघ्र र सत्यपरक बनाउन बरू आउनुस् सिकागो उपाय दिनुस्, युक्ति दिनुस् छलफल गरौं सर्भरको समस्या, सँख्याको व्याख्या, अपव्याख्यालाई सदाको लागि अन्त्य गरौ l

मैले सोचेकै थिईंन, एन आर एन को कार्यकारी पदमा आउँछु भनेर l तपाईंहरू जस्तै पछाडि बेन्चमा बस्ने सोच थियो l राम्रो कुरामा ताली बजाउने नराम्रोमा सभ्य गाली दिने चाहना l त्यही मन पर्थ्यो स्कूलदेखि नै लास्ट बेन्च तर कति कुरा नसोचेको र नखोजेको मिल्दो रहेछ l स्कूलमा पनि पछाडि बसेर अगाडि नै हुन्थेँ र यहाँ पनि अगाडि सीटमा बस्नु पर्ने आई लाग्यो l तर म एउटा कुरामा हिँजोदेखि आजसम्म अडीग रहें, जहिले पनि अन्तिम बेन्चमा बस्नेलाई के छ भनेर सोधेँ र सम्बोधन गरेँ l हरेक कार्यसमितिको बैठकमा कसैलाई सम्बोधन गरिनँ नत भाषणमा ड्यासमा बस्नेलाई, बरू त्यही पछाडि डेक्समा बस्नेलाई सम्बोधन गरेँ, अभिवादन गरेँ, अभिनन्दन र नमन l

कुनै दिन टोपी छुटेन, एक दिन डा केशव पौडेलको विशेश चासो र अनुरोध बाहेक कहिल्यै टाई कसिँनl शपथ पछिको पहिलो कार्यसमितिको बैठकमा पप सम्राट ॐ विक्रम बिष्टलाई सम्मानार्थ आर्थिक सहायता दिने प्रस्ताव लगेँ र पारित भो र तराईमा आएको विपतमा केही मानवीय सहयोग गरौ भन्ने प्रस्तावबाट अन्त्य भो मेरो अगाडि सीटमा बस्ने काम l

सदस्यता प्रमाणिकरणमा बस्दा, रहँदाका सुख-दुखका कथा, राम्रा र रमाईला घट्ना, व्यस्तता, विरोध, बेथिति, विसंगति, वाध्यता र विवशताका व्यथाहरू पछि लेखौँला, वा दिए साधारण सभामै सुनाउँला l तर यति भन्न सक्छु राम, बाल र पवनले कसैको अनुचित प्रभाव, दवाव, रवाफ र भाव बुझेर काम गरेन, हामीले जति गर्यौँ ईमान्दार भएर काम गर्यौँ, निश्ठापूर्वक l हामीले कमाएको यही हो र सतत् पूँजी l हामीलाई यसमा ढाडस दिने, धकेल्ने अरू कोही हैनन् पछाडि बेन्चमा बस्ने तपाईंहरू हुनुहुन्छ अनि रखवारी गर्ने डा रुद्र अर्याल, शैलेश श्रेष्ठ र प्रमोद सिटौला l

किसुनजीलाई दोश्रो पटक प्रमबाट हटेको बेलामा सोधेको थिएँ, किसुनजी तपाईं हारेर पनि जित्नु हुन्छ अनि जितेर पनि हार्नु हुन्छ, कसरी?” सरल ढंगमा सहजै भन्नु भो, परमात्माको परमादेश र जीवात्माको निर्णयलेl मेरो पराजय अमेरिकाबासी गैर आवसीय नेपालीको आदेश हो l बाहिर के हल्ला भयो, पर्दा पछाडि के नाटक मन्चन भो, भित्र के गरिए त्यसले कुनै वास्तविक महत्व राख्दैन र वास्तविकतामा आधारित पनि छैन र ती गौण हुन l फेरि चुनाव राजनीति मात्रै हैन एक रणनीति पनि हो, एक कौशल l म सामान्य ज्ञान पढेर आएको, र सामान्य अंक गणित l अल्जेब्रा र ज्यामितिमा म पहिले पनि कमजोर थिएँ शायद फेल भएँ l लोकसेवा लडेर पास भएको मान्छे शायद समाजसेवामा लड्दा लड्न जानिनँ र लड्न पुगेँ l मलाई नलड्न धेरैले सकरात्मक सुझाब पनि दिनु भएको थियो मैले शीरोधार्य नगर्नु मेरो कमजोरी हो र थियो l

समाजसेवालाई लोकसेवाको पेशा जस्तो बनाउनु हुन्न नत्र त्यो नोकरी र व्यवसाय बन्छ तर समाजसेवालाई पनि निरन्तरता दिनु पर्छ त्यसले आत्म सन्तोष दिन्छ थोरै भएपनि समाजलाई योगदान पुग्छ र कर्तव्य पूरा हुन्छ त्यसैले म रोबिन्सन क्रुसो जस्तो एक्लो रहन सक्दिन नत अरस्तु झैँ समाजबाहिर नत गणेशमान सिङ बन्न सक्छु l अन्त्यमा, तिमी लड्नु सामान्य हो तर लडेर फेरि उठ्यौ वा थाक्यौ र उठेनौ त्यो महत्वपूर्ण कुरा हो l मैले यो विचारलाई मार्गदर्शनको रूपमा लिएको छु l