-NRNA US चुनाव:सँस्थालाई बलियो, प्रभावकारी, र संस्थागत विकासको लागि- उपाध्यक्षका उम्मेद्वार रामबाबु पाण्डे

NRNA US चुनाव:सँस्थालाई बलियो, प्रभावकारी, संस्थागत विकासको लागि- उपाध्यक्षका उम्मेद्वार पाण्डे

Hollywood Khabar May 07,2019 Comments

कृष्ण के सी/अमेरिका/५/८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्षका उम्मेद्वार रामबाबु पाण्डेले संघलाई बलियो, प्रभावकारी, ज़िम्मेवारी तथा संस्थागत गराउने जोड दिएका छन्।

क्षेत्रीय उपाध्यक्षकाउम्मेद्वार रामबाबु पाण्डेले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। हलिउडखबरलाई प्राप्त उनको अनुरोध तथा विज्ञप्ति यहाँ पोष्ट गरिएको छ।

आदरणिय सम्पुर्ण अमेरिकावासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु, हार्दिक अभिवादन तथा नमस्कार !!

हामी सबैको साझा संस्था एनआरएनए एनसीसी अमेरिकालाई अझ बलियो प्रभावकारी, ज़िम्मेवारी तथा संस्थागत गराउने अभियानमा हामी सबैको महत्वपूर्ण भुमिका हुनुपर्दछ।

यहाँहरुलाई सर्वविदित नै छ, नेपाल सरकारबाट प्रवासमा रहेका नेपालीहरुको एक मात्र मान्यता प्राप्त संस्था एनआरएनले आफ्ना बिभिन्न सकारात्मक गतिविधिहरु मार्फ़त थप सहभागीता मुलक र जनमुखी बनाउन प्रयासरत छ। यसका साथै हाल एनआरएनए एनसीसी अमेरिकाले धेरैं सवालहरुमा काम गरिरहेको अवस्था पनि छ । बाकी वर्तमान अवस्थामा संस्थालाई गतिशिल बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने नेतृत्व चयन गराउनु हामी सबैको दायित्व हुनेछ।

यसै सन्दर्भमा मेरो आफ्नो हकमा लसएन्जलसबाट च्याप्टर अध्यक्षमा रहेर पुरा हुन नसकेका आफ्नो कार्य योजना अनुसारका कार्यलाई अझै निरन्तरता दिने र एनआरएनए एनसीसी अमेरिकालाई दीर्घकालीन रुपमा मज़बूत बनाउन सहयोग गर्ने उध्येश्यले २०१९-२०२१ को लागि पश्चिम क्षेत्रीय उपाध्यक्षको उमेद्वारको रुपमा आफुलाई प्रस्तुत गरेको छु ।

आफु एक व्यबसायी भएपनि सामाजीक अभियन्ताका रूपमा लसएन्जलस क्षेत्रदेखी बिभिन्न सामाजिक अभियानमा सक्रियताका साथ अगाडी बढिरहेको यहाहरुलाई जानकारी गराउन चाहन्छु। साथै सबल सक्षम र समावेशी एनआरएन निर्माणको लागि सहमति, सहकार्य र एकताको आवश्यकता ठान्दै आगामी नेतृत्वलेव अघि सारेका एजेण्डाहरुलाई सक्रिय सहयोग र साथ दिंने प्रतिवद्धता ब्यक्त गर्दै यहाँहरुको अमुल्य मतको अपेक्षा गर्दछु।

धन्यबाद ..!!
रामबाबु पाण्डे
पश्चिम क्षेत्रीय उपाध्यक्षको उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका