एनआरएनएको नयाँ नेतृत्वको दुइ निर्णय र चेपुवामा भबन भट्ट

Hollywood Khabar November 04,2017 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको गत अक्टोवर १७ को निर्वाचनबाट निर्वाचित भबन भट्टको नेतृत्वमा बनेको नयाँ नेतृत्वले तीन हप्तामा दुइवटा काम गरेछ। पहिलो प्रवक्ताको लागि भुषण घिमिरेको नियूक्ति दोश्रो डोल्मा शेर्पाको ज्यान जोगाउनको लागी उठाएको ३० औं लाख ब्लड मनी रकम हजम गर्ने निर्णय।
प्रवक्ताको नियुक्तिबारे कुनै टिका-टिप्पणि गर्नु जरुरी छैन। अध्यक्षले आफ्नो विश्वासको तर योग्य व्यक्ति नियुक्ति गर्ने हो। अध्यक्ष भबन भट्टलाइ भुषण घिमिरे योग्य लाग्यो त्यसै गर्नुभयो। तर संघको बैठकको हवाल दिंदै संघले डोल्मा शेर्पाको ज्यान बचाउने भन्दै उठाएको रकम जे जसो भएता पनि उनकै लागि दिनुपर्ने कुरा निर्वतमान अध्यक्ष डा शेष घलेको थियो तेसो हुन दिइएन र अन्तमा आएर त्यो रकम हजम गरियो।
हुन त यो पटक निर्वाचित अध्यक्ष भबन भट्टलाइ आगामी दुइ बर्ष चेपुवाको मुसा जस्तो अवस्था हुने पक्का छ। भट्टको समर्थनका एनसीसीहरु पनि तेती छैनन। आरसी/डिआरसीहरु पनि त्यो रुपमा छैनन्। नेतृत्वमा आफ्नो बहुमत छैन, उपाध्यक्ष कुमार पन्तले अर्को पटक आफू अध्यक्ष हुनको लागि कसरत गर्न कुनै कसर छोड्ने अवस्था छैन। निर्वाचनले गर्दा जमुना घले गुरुङको समर्थन लिने र काम सहज गरेर मिलाएर जाने प्रयास गरेको देखिएको छैन। हरेक कुरा जिबा लामिछानेकै निर्यण हावी हुने अवस्था छ।
हाल सम्म मिडियाको नजरमा जम्मा एउटा मात्र हाइड्रो प्रोजेक्टबारे नेपालको सबै भन्दा ठूलो मिडिया हाउसले नै प्रमाण सहित हवाला पिटाएका भट्ट आगामी दिनमा मिडिया फेस गर्ने कि मुख बन्द गर्ने भनेर जोखाना हेर्दै हुनुहुन्छ। तर मोफसलका मिडियाले भने त्यो सच्चाई छोड्ने वाल छैनन। यदि यी सबै कुराहरुको सुधार नगर्ने हो भने आगामी दुइवर्ष अध्यक्ष भट्टले चेपुवाको नेता भएर खासै नतिजा दिन नसक्ने निश्चित छ।