NRNA महिला फोरम नुवाकोट हेल्थ क्यापम

NRNA:महिला फोरमले नुवाकोटमा दुइदिने हेल्थ क्यापम सम्पन्न गर्यो

Hollywood Khabar March 01,2019 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको महिला फोरमले १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नुवाकोट जिल्लामा दुइदिने हेल्थ क्यापम सम्पन्न गरेको छ।
 
गैरआवासीय नेपाली संघकी महिला संयोजक रजनी प्रधानको नेतृत्वमा गएको टोलीले नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउपालिकामा २ दिने महिलाहरुको पाठेघर समस्या र नाक कान घांटी संबन्धि स्वस्थ्य शिविर सम्पन्न गरेको छ।
 
स्वास्थ शिबिरको पहिलो दिन फागुन १६ गते दुप्चेश्वोर गाउँ पालिका वडा नम्बर ३ राउतबेसी स्थित राउतबेसी स्वस्थ्य चौकीमा सो शिविर सम्पन्न भएको थियो। गैरआवासीय नेपाली संघकी रजनी प्रधानको नेतृत्व र दुप्चेश्वर गाउपालिकाको समन्वयमा महिलाहरुको पाठेघर खस्ने समस्या तथा बच्चाहरुको नाक कान घाँटी संबन्धि रोगहरुका लागि निशुल्क स्वास्थ शिबिर आयोजना गरिएको थियो।
 
सो शिविरमा करिब ३०० जनाले स्वस्थ्य परिक्षण गराएका थिए। शिविरको अन्तिम दिन सोही गाउपालिकाको ७ नम्बरको शिखरबेसी स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको थियो। सो सेवामा पनि करिब ३२५ जना महिला तथा बालबालिकाहरुले सेवा लिएका थिए। २८ फेब्रवरी र १ मार्चमा संचालित दुवै गरेर ६०० भन्दा धेरै बिरामीहरुले सेवा लिएको कुरा संयोजक रजनी प्रधानले उल्लेख गरेकी छन्।
सो सेवाबाट महिलाहरुको पाठेघरको समस्या हुनेहरुलाई थापाथाली अस्पतालमा सर्जरीको लागि रिफर गरिएको छ। यसका साथै थुप्रै औषधी समेत वितरण गरिएको कुरा संयोजक रजनी प्रधानले बताएकी छन। संघको महिला फोरमले आयोजना गरेको यो ८ औं स्वास्थ्य सेवा हो।
 
यसका साथै कौकेश्वरी मध्यमिक बिधालय राउतबेसी र बछला मा बि शिखरबेसीका करिब ४०० बालबालिकाहरुलाई हाइजिन किट पनि बितरण गरिएको छ।
 
सो टिमका स्वास्थ्यकर्मीहरुमा:
Dr.Jayandra Pradhananga, ENT Specialist-Bir Hospital, Dr.Lal Gurung ENT Specialist-Kathmandu ENT Hospital, Dr.Ramesh Paudel and Dr Unnati Rajbhandari Gynecologist-Maternity Hospital Thapathali (team of Uteurs prolapse)
 
कार्यक्रमको समापनका अवसरमा गैरआवासीय नेपाली संघ र मेडिकल टिमलाई सेवा प्रदान गरेबापत दुप्चेश्वर गाउपालिकाको तर्फबाट उपाध्यक्ष अन्जु आचार्यले धन्यवाद ज्ञापन गर्दै कदर पत्र र मायाको चिनो समेत प्रदान गरेकी थिइन्।
 
अन्तमा संघकी महिला संयोजक रजनी प्रधानले दुप्चेश्वर गाउँपालिका, स्वास्थ्य टोली, संघका कार्मचारी र सबै सहयोगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेकी छन्।