-NRNA:एनसीसी अमेरिका नर्थ क्यारोलिना च्याप्टरको ह्याण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न

NRNA:एनसीसी अमेरिका नर्थ क्यारोलिना च्याप्टरको ह्याण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न

Hollywood Khabar August 18,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका नथ॔ क्यारोलिना च्याप्टरको ह्याण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न भएको छ।

अगस्ट १७,२०१९ का दिन नवनिर्वाचित एवं मनोनित पधाधिकारीहरुको सपथ ग्रहण, ह्याण्ड ओभर टेक ओभर कार्यक्रममा एनआरएनए एनसीसी नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष कुलानन्द शमा॔को अध्यक्षता सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए एनसीसी अमेरिकाका क्षेत्रीय उपाध्यक्ष कृष्णजीबि पन्थ थिए। कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका पूर्व क्षेत्रीय उपाध्यक्ष राधा पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएनए एनसीसीका सल्लाहकार डा हरिहर भट्टराई लगायत बुध्दिजिवी, सँघ सँस्थाका प्रतिनिधी, सामाजिक अभियन्ता र शुभचिन्तकहरु उपस्थिती रहेको थियो।