-कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी पोल्याण्डका गतिविधिहरु

कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी पोल्याण्डका गतिविधिहरु

Hollywood Khabar June 01,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डले कोरना भाइरस डिजिज (कोभिड १९) महामारीको ब्यबस्थापनका लागि गरेका पछिल्ला गतिबिधिहरु यहाँ प्रस्तुत गरिएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत कोरना विरुद्ध लड्नका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बचाउन संघका एनसीसीहरुले गर्नुपर्ने विभिन्न सचेतना, साबधानी र सहयोगका कदमहरु साथै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको अवस्था जानकारी बारे प्राप्त सर्कुलर अन्तर्गत एनआरएनए एनसीसी पोल्याण्डले निम्न अनुसारको गतिविधिहरु गरिरहेको जानकारी गराउदछौ।

१. एनआरएनए एनसीसी पोल्याण्डको अध्यक्ष नरेस सापकोटाको संयोजकत्वमा गठित कोरोना आपतकालीन मुल सहयोग समितीले नेपाल सरकार नेपाली दूतावास आइसिसी, WHO र भिभिन्न स्वास्थ सस्थाहरुबाट तयार पारिएको कोरोना भाइरसका लक्षण र यशबाट बच्ने उपायकहरुका लेख, पोष्टर, भिडियो सस्थाको पेजबाट ब्यपक प्रचार गरियो।

२. तीस हजार ज्योल्ती (करिब ९ लाख) को कोरोना आपतकालीन आकस्मिक कोष खडा गरिएको छ।

३. एनआरएनए एनसीसी पोल्याण्डको पहलमा पोल्याण्डमा रहेको विभिन्न नेपाली संघ-सस्थाहरुसँग समन्वय गरेर सर्बपक्षिय कोरोना आपतकालीन समन्वय समिती बनाइएको छ।

४. कोरोना भाइरस नियन्त्रणमा पोल्याण्ड सरकारले चालेका विभिन्न साबधानी कदमहरु पालाना गराउन एनआरएनए एनसीसी पोल्याण्डका प्रतिनिधिहरुले नेपाली समुदायमा सु-सुचित गराउनुभएको छ।

५. पोल्याण्डमा अध्यन गर्ने नेपाली बिद्यार्थीको बारेमा जानकारी लिएर आबस्यक सहयोग गरिएको छ।

६. राहातको कार्यक्रम अन्तर्गत खाद्यान्न बितरण गरिएको छ। कम्तीमा प्रतिव्यक्ति १० दिनको लागि पुग्ने बिग्तरण गरिएको हो।

बाँकी गतिबिधि नियमित रुपमा पठाइने छ।

कबिन्द्र सुवेदी

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्ड

जुन २, २०२०