NRNA VP, Kumar Pant

NRNA: बिधान संसोधन, NCC हरुको अनुगमन र मुल्यांकन-उपाध्यक्ष पन्त

Hollywood Khabar August 14,2018 Comments

कृष्ण के सीअमेरिका
गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अक्टुवर २०१७ मा दोश्रो कार्यकालका लागि पनि उपाध्यक्ष नै निर्वाचित हुनुभएको हो। यसर्थ संघका तीन उपाध्यक्ष मध्ये सिनियरमा पर्नुहुन्छ भन्दा बैधानिक नभए पनि असान्दर्भिक नहोला।

हुन त जसरी सेना र प्रहरीमा एकै समय, एउटै नम्वरीहरुमा पनि पहिलो र दोश्रो मान्दै हरेक कारणले सिनियारका आधारमा नेतृत्व दिने कारण हुन्छ र प्रचलन पनि छ। त्यो अर्थमा उपाध्यक्ष पन्त वरिष्ठ नै पर्नुहुन्छ र आगामी २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका प्रत्यासी पनि पक्कै हो भन्दा कथा बुनेको नहोला।

हुनत यो प्रसंग धेरै छिटो भएको छ, सन्दर्भ उठीसकेको छैन तर पनि वास्तिविकता या सत्यता तेही नै हो भन्ने मेरो ठम्याई छ। सत्य कुरा भन्नलाइ साइत कुर्नु पर्दैन तर पनि मेरो उधेश्य चुनावी रनौक थप्नु पटक्कै होइन। अझै पनि त्यो समय आउन १४ महिना भन्दा धेरै बाँकी छ। अन्तिममा आएर धेरै कुरा हुनसक्छन त्यो हामी सबै जानिफकार नै छौं। तर यहाँ भने एउटा छुट्टै प्रसङको लागि यो पटक लेख्दैछु।

हजुर, अगाडी शिर्षकमा नै अलिकति बिषय उक्काएको छु। संघका उपाध्यक्ष कुमार पन्तसंगको नियमित कुराकानीमा संघको दुइपक्ष अभियन्ताहरु र राष्ट्रिय समन्वय परिषद (NCC ) बारे हलिउड खबरको लागि यो पंतिकारसंग उहाँले भन्नु भएको कुरा यहाँ उल्लेख गर्दैछु।

सबै अभियन्ताहरुलाई कसरी समेट्ने त ?
निर्वाचनमा पराजय भएकाहरुलाई कुनै नियुक्त गर्ने पदिय जिम्मेवारीमा राख्न नपाइने भन्ने वर्तमान बैधानिक ब्यबस्था संसोधन हुनु जरुरी देखियो। त्यो राजनैतिक ब्यबस्था या अन्य संघ-सँस्थामा सहज भएता पनि गैरआवासीय नेपाली संघमा सहज भएन। यसले अभियन्ताहरुलाई पाखा लगायो उपाध्यक्ष पन्तले भन्नुभयो।
यसका मुख्य तीन कारण रहन गयो।
पहिलो
लामो समय देखि योगदान दिएका, तत्काल पनि संघको लागि अत्यन्तै महत्वपूर्ण व्यक्ति निर्वाचनमा जाने स्वभाविकै हो। उनीहरुमध्ये निर्वाचनबाट जम्मा एकजनाले बिजय पाउने र बाँकी सबै बाहिरिने अवस्था निश्चित नै हो। तसर्थ पनि हालको बिधानमा पराजितहरुलाई नियुक्ति गरेर ल्याउन नै नहुने भन्ने व्यवस्थाले कठिन अवस्था आएको छ। यसबाट ठूलो संख्या बाहिरिने र निर्वाचित टिमको सेरो-फेरो मात्र संघमा रहने अवस्थाको विकास हुने देखियो। जुन अत्यन्तै असहज कुरा मलाइ लागि रहेको छ। केहि अभियन्ताहरुको नाम नै लिएर उहाँहरु जस्तो व्यक्तिहरु ऐले सकृय नदेख्दा मैले यो कुरा बुझेको हुँ उपाध्यक्ष पन्तले भन्नुभयो।

दोश्रो
मेरो यो अवधीमा धेरै अनुभव भयो। पछिल्ला समयमा टिम बेसमा चुनाव हुँदा पराजित टिम जिम्मेवारीबाट बाहिरिने हुनाले बिजयी टिमले सबैको प्रतिनीधित्व गर्न कठिन हुने देखियो। पराजित टिम जसले लगभग आधा हिस्सा बोक्छ त्यो शक्ति सहभागी हुने या नहुने कारणले संघमा सबैको प्रतिनीधित्व खड्किन्छ। तेस्तो ठाउँमा केही निर्वाचनबाट पराजित व्यक्तिलाइ नियुक्त गर्दा सहभागिता र ब्यालेन्स हुन्छ, जुन कुरा संघको लागि फाइदा हुन्छ। त्यसैले पनि यो बिधान संसोधन हुनु जरुरी देखेको छु उपाध्यक्ष पन्त भन्नुहुन्छ।

तेश्रो
बिजयी टिमले मात्र काम गर्दै जाँदा एक किसिमको संघको काम भन्दा पनि चुनाब र राजनैतिक पार्टीको जस्तो गुट विकास हुँदै जाने संका पैदा हुन लग्यो। अर्को कुरा विस्तारै त्यो कुरा विकास हुँदै गयो भने प्रजात्रान्त्रिक रुपमा भएको नेतृत्व चयनले पक्ष, विपक्ष र प्रतिशोध बढ्दै जाँदा संघलाइ झन खतरा बढ्ने देखियो। अर्को तर्फ बिजयी टिमले अर्कापक्षलाइ दवाउने होडवाजीमा एकाधिकार जस्तै हुने, पक्ष-विपक्ष हुने र संघमा विभाजन आउने अवस्था देखियो। त्यसैले बिधानमा उपविजेता या पराजितमध्येलाइ पनि निश्चित पदिय निम्मेवारीमा नियुक्त गर्ने प्रावधान राख्नुपर्छ भन्ने मैले बुझेको छु, पन्त भन्नुहुन्छ।

संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको संख्या दैनिक रुपमा बढेको छ। एक तीहाई जनसंख्या नेपाल बाहिर हुन लाग्यो। गैरआवासीय नेपाली नागरीकतालाइ कुँजो बनाउने तरिका एकातिर उठेको छ भने अर्कोतिर बनेका संघका राष्ट्रिय समन्वय परिषदहरुले निर्देशिका अनुरुपम काम नगरेको या तेता तिर कम उन्मुख भएको अवस्था आएको छ।

अब त्यसबारे के गर्ने त ?  
म महासचिव भएको बेला सबै एनसीसीहरुको लागि एउटा नीति बनाएको थियो। स्थापनाको पहिलो तीन कार्यकालमा सबै मापदण्ड पुरा गर्नुपर्ने। तर ऐले ती सबै पुरा भएको अवस्था देखिएन। धेरै ठाउँ जस्तो अमेरिका लगायत देशमा विवाद बढ्दै गएको छ। तसर्थ मैले एउटा योजना बनाएको छु। आगामी बैठकबाट पारित भएमा तुरुन्त कार्यान्वयनमा गईनेछ।

त्यसको लागि एउटा छुट्टै कमिटि बनाइनेछ। कमिटीले सबै एनसीसीहरुलाई मापदण्ड भित्र राखेर नियमति रुपमा मासिक, त्रैमासिक, वार्षिक र दुइ बर्षे रुपमा अनुगमन र मुल्यांकन गर्नेछ। बिचमा मापदण्ड पुरा नगरेका एनसीसीहरुलाई एफिलेशन रिभोक गर्ने, नयाँ या स्थापना गर्दा के के मापदण्ड हुने, उत्कृष्टलाइ कसरी रिवार्ड गर्ने जस्ता सबै कुराहरुको नीति-बिधि र ब्यब्स्स्था गर्ने गरि काम गर्ने योजना छ। यसका लागि संघमा परामर्श गर्दैछु, निर्णय छिट्टै आउने छ, उपाध्यक्ष पन्त भन्नुहुन्छ।   

आगामी अक्टोवरको बिधानसभामा यो बिषयमा आफूले बिशेष पहल गर्ने कुरा समेत संघका उपाध्यक्ष पन्तले प्रतिबद्धता जनाउनु भयो।