-एनआरएनए एनसीसी जापानको एनआरएनए जापान कन्क्लभ २०२१ सम्पन्न

एनआरएनए एनसीसी जापानको एनआरएनए जापान कन्क्लभ २०२१ सम्पन्न

Hollywood Khabar February 13,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानले NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रम जनवरी २३ देखी सुरुगरी फेब्रुअरी १३ मा सफलताका साथ सम्पन्न गरेकोछ।

खासगरी जापानमा बसोवास गरीरहेका नेपाली महिला, अभिभावक, बालबालीका, बिद्यार्थी लगायत सम्पूर्ण दाजुभाई दिदी-बहिनीहरुका बिभिन्न समस्या, तिनका समाधान, अवसरका विषयहरुलाई लिइ पांच छुट्टा-छुट्टै सेसनमा विभाजन गरी हप्ताको एक पटक एउटा सेसनको आयोजना गरीएको थियो।

प्रत्यक सेसनमा सम्बन्धित विषयमा विषय बिज्ञहरुलाई सहभागी गराई गहन रुपमा छलफल गरीएको थियो। कार्यक्रममा जापानमा र अमेरिकामा कार्यरत नेपाली चिकित्सक, शिक्षाविध, अनुसन्धानकर्ता, नेपाल तथा जापानमा कार्यरत कानुन ब्यावसायी तथा नेपाली बैज्ञानीक र जापानीज डाक्टर साथै टोकियो महानगरपालीकाका उच्च ओहोदाका अधिकारी सेसनका प्यानालिस्ट रहेका थिए।

कार्यक्रमको वारेमा एनआरएनए एनसीसी जापानका महासचिव तथा यस कार्यक्रमका संयोजक जनक बिक्रम शाहीले बोल्दै यो कार्यक्रम सफलताका साथ सम्पन्न गराउनमा सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिदै आयोजना पश्चात के उपलब्धि रह्यो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक रहे पनि यो कार्यक्रम एउटा Interactive Series अथवा Discussion Series को कन्सेप्टको रुपमा आयोजना गरेको र बिभिन्न क्षेत्रका बिज्ञहरुलाई सहभागी गराई विशेष गरी जापानमै रहेकका हेरेक तह र तप्काका नेपाली दाजुभाई दिदि बहिनिहरुको समस्या, समाधान र अवसरको बारेमामा जानकारी दिनुरहेको थियो।

साथै NRNA JAPAN को फेसबुक पेज लगायत बिभिन्न ५/६ ओटा मिडियाबाट लाइभ तथा रेकर्डेट भिडियो हेर्नुहुने हजारौं नेपाली दाजु भाई दिदि बहिनिहरुले अवस्य पनि आवस्यक जानकारी, सूचना प्राप्त गर्नु भयो होला भन्ने विस्वास गरेको बतायका थिए। आगामी दिनमा बिभिन्न क्षेत्रमा कार्यरत बिज्ञहरुको सुझाव सल्लाह र सहायोग अनुसार आवस्यक योजना बनाइ नेपाल सरकारका बिभिन्न निकायहरुको पोलोसी मेकिङ्ग प्रोसेस मा सहयोग पुग्ने जस्ता कार्यक्रमहरुको आयोजना गर्ने बतायका थिए।

पाचौं तथा अन्तिम सेसनको समाप्तिसंगै समापन समारोहको आयोजना गरीएको थियो। समारोहको प्रमुख अतिथिमा नेपाली दूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशी, विशेष अतिथिमा एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, आइसीसीकै उपाध्यक्ष डा बद्रि केसी, एसीया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ रोविन्द, युके बाट आइसिस सदस्य राम शरण सिम्खडा, पत्रकार महासंघ जापान साखा अध्यक्ष मोहन घले, बिभिन्न संघ संस्थाका प्रमुख, लगायतको सहभागिता रहेको थियो। अधिकांस अतिथिहरुले एनआरएनए जापानको अहिले सम्मकै उत्कृष्ट कार्यक्रमको आयोजना गरेको, जापानवासी नेपाली समुदायलाई अत्यन्तै ज्ञानवर्दक र लाभदायी रहेको जनाउनु भएको थियो।

प्रमुख अतिथि अम्बिका जोशीले यस्ता नेपाली समुदाय र आफ्नो मातृभुमीलाई अत्यन्तै उपलब्धिमुलक कार्यमा दुतावासको सधै साथ र सहयोग रहने बतायका थिए। साथै प्रत्येक सेसनका मोड्रेटर र प्यानालिस्ट साथै सबै सहयोगी मिडियालाई ई-प्रमाणपत्र पनी प्रदान गरीएको थियो। कार्यक्रम सफलपार्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष देविलाल भण्डारी र प्रवक्ता सिद्धार्थ श्रेष्ठले आउदा दिनहरुमा पनि यसकार्यक्रमलाई परिमार्जितरुपमा निरन्तरता दिने बताएका थिए।