-NRNA:केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिलाई आइसीसी सदस्य मनोनयन गर्ने

NRNA:केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिलाई आइसीसी सदस्य मनोनयन गर्ने

Hollywood Khabar November 10,2019 Comments

कृष्ण के सी/अमेरिका/११/११/१९

यहाँ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयनको लागि सिफारिस गर्न भनि संघका महासचिवद्वारा क्षेत्रीय संयोजकहरुलाई पठाइएको इमेल निर्देशन जस्ताको तेस्तै पोष्ट गरिएको छ। यसबाट संघमा गरिने मनोनयन र सिफारिस गरिने व्यक्तिहरुको बारे संघले गरेको अपेक्षा स्पष्ट रुपमा ब्यक्त गरिएको छ।

महासचिव डा हेम राज शर्माको इमेल निर्देशनको प्रति:

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयनको लागि सिफारिस पठाउनको लागि क्षेत्रीय संयोजकहरुलाई परिपत्र गरिएको छ।

गैरआवासीय नेपाली संघको विधानको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा मनोनित गर्ने प्रावधान रहेको छ।

अतःप्रस्तावित व्यक्तिहरुको व्यक्तिगत विवरण, अनुभव, विशेषज्ञता र उनीहरुले संघलाई पुर्याउन सक्ने योगदानको विवरण (२ पेजमा नबढाई) १८ नोभेम्बर २०१९ सम्म अनुरोध गरिएको छ। ७ जना महिलासहित २१ जना सदस्यहरु मनोनित हुने व्यवस्था रहेकोले सोही अनुपातमा महिलाहरुको नाम सिफारिस गर्नु पर्ने छ। क्षेत्रीय संयोजकहरुले राष्ट्रिय समन्वय परिषद्हरुसँग परामर्श गरी नाम सिफारिस गर्नु पर्ने छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयन सम्बन्धि नियमावली २०१९’ अनुसार सदस्यहरुको मनोनयन गरिनेछ।