NRNA एनसीसी जर्मनीले गर्यो मन्त्री पण्डितको छुद्र बचनको बिरोध

Hollywood Khabar June 25,2018 Comments

गैरआवासीय नेपाली संघ जर्मनीको प्रेस बिज्ञप्ती
आदरणिय जर्मनी निवासी गैर आवासिय नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा
हार्दिक नमस्कार !

नेपालको संविधानको भाग २ नागरिकताको धारा १४ अनुसार गैर आवासिय नेपालीहरुलाई आर्थिक, सामाजिक र धार्मिक अधिकारहरु सहित बंशजको नाताले गैर आवासीय नेपाली नागरिकता प्रदान गरिने गरी सम्बोधन गरेको छ।

सम्बिधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त नेपाल सरकारका माननीय संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले सम्पुर्ण गैरआवासीय नेपालीहरुलाई अपमानित हुने गरी अमर्यादित शब्दहरुको प्रयोग गरी गाली गलोज तथा बच्चालाई जिस्काउने बारम्बार भूतपूर्व नेपाली भन्दै अपमानित गरी सम्पुर्ण गैरआवासीय नेपालीहरुको भावनामाथि गहिरो चोट पर्ने गरी अभिब्यतिहरु दिदै आईरहेकाले गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जर्मनीकोको गम्भीर ध्यानाकर्षण भएको छ।

गैर आवासिय नेपाली संघको स्थापन काल देखी नेपालीको लागी नेपाली, एक पटकको नेपाली सधैको नेपाली, नेपाली नागरीकताको निरन्तरता तथा नेपाल र नेपालीको बिकास एंब समृद्धिको नारा लिएर संघले १५ बर्षको अभियान पुरा गरी सकेको छ। नेपाल सरकारको गरिमामय जिम्मेवारी पदमा आसिन माननिय संघिय मामला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको अभिब्याक्ति प्रति घोर बिरोध तथा भत्सर्ना गर्दछौ।

नेपाल सरकारको मर्यादित पदमा कार्यरत माननिय मन्त्रीज्युले आफ्नो पदको दुरपयोग गरी अमर्यादित असंबैधानिक अभिव्यक्तिले संसार भर फैलिएर ७८ देशहरुमा रहने सम्पुर्ण गैरआवासीय नेपालीहरुको हित, हक र आधिकारको लागी स्वदेश तथा विदेशमा शसक्त रुपमा आवाज उठाउदै आएको साझा र छाता संघ गैरआवासीय नेपाली संघको मुल्य मान्यता र भावना माथिको ठाडो अपमान भएको प्रमाण सहित जिकिर गर्दछौ।

गैरआवासीय नेपाली संघले आफ्नो विधानको प्रस्थापनामा नै उल्नेलेख गरिसकेको गैर आवासिय नेपालीहरुको हक, हित र मानव अधिकारको रक्षाको लागि स्थापना २००३ साल देखि नै अभियानको रुपमा स्वदेश तथा बिदेशमा निरन्तर कार्यक्रमहरु गर्दै आईरहेको छ।

त्येसैले गैर आवासिय नेपाली संघको बिधान अनुरुप निर्धारण गरिएको अभियान अनुसार माननीय संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितज्युको अभिव्यक्तिको बिरुद्ध एउटा साँझा अवधारण बनाई नेपाल सरकारलाई बिज्ञप्ति मार्फत जानकारी गराउन गैर आवासीय संघ अन्तराष्ट्रीय समन्वय परिषदलाई गैर आवासीय नेपाली संघ जर्मनीले हार्दिक अनुरोध गर्दछ।

धन्यवाद
बिजय मोक्तान
अध्यक्ष
गैर आवशिय नेपाली संघ जर्मनी
वोधार्थ ;
१-गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
२-नेपाली दुतावास बर्लिन