-NRNA NCC USA: प्रा डा अर्याल आइसीसी सदस्यका उम्मेदवार

NRNA NCC USA: कोषाध्यक्ष प्रा डा अर्याल आइसीसी सदस्यका उम्मेदवार

Hollywood Khabar March 17,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा वर्तमान कोषाध्यक्ष प्रा डा प्रकाश अर्यालले आइसीसी सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।

Radiation Oncology का सहायक प्राध्यापक PhD, DABR प्रकाश अर्यालले गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषद (NRNA ICC) सदस्यका लागि आकांक्षी भएको बताएका छन्। २०१७-२०१९ कार्यकालमा कोषाध्यक्ष रहेका डा अर्याल एनसीसी अध्यक्षमा प्रयास गर्छन भन्ने अनुमान धेरैको थियो तर उनि भने अन्तराष्ट्रिय परिषद तर्फ लागेका छन्।

नेपालको स्याङ्गजा जिल्लामा जन्मेर त्रिभुवन विश्व विद्यालयाबाट १९९१ मा फिजिक्शमा एमएससी गरेका डा अर्यालले १९९५ मा भारतको Bombay University बाट Dip. R.P., Radiological Physics समेत पुरा गरे। १९९९ मा Radiation Therapy मा MSBS को अध्ययन गर्न अमेरिका आएका डा अर्यालले University of Kentucky बाट २०१४ मा Physics मा PhD को अध्ययन पुरा गरे।

डेलावार बस्दै आएका डा अर्यालले विभिन्न संस्था, इन्स्टिट्यूशन र अस्पतालहरुमा काम गरेको लामो इतिहास छ। उसो त त्रिभुवन बिश्व विद्यालयमा पढाएको पनि अनुभव छ। तर १९९५ देखि १९९७ सम्म भने नेपालको सबैभन्दा पुरानो बिर अस्पतालमा Medical Physicist and Radiation Safety Officer थिए।

हाल भने डा प्रकाश अर्याल Union Hospital, मेरिल्याण्डमा काम गर्नाका साथै University of Maryland, Baltimore मा Department of Radiation Oncology का सयायक प्राध्यापक पनि हुन्।

सन २००० देखि American Association of Physicists in Medicine (AAPM) का सदस्य छन्। American Brachytherapy Society (ABS) लगायत संस्थाहरुमा समेत आवद्ध छन्। नेपाली समुदायका Forum of Nepalese in America (FONA) र Kentucky Nepali Society (KNS) दुवै संस्थाको अध्यक्ष भएर काम गरेका हुन् डा अर्यालले। त्यसैगरी अनुसन्धानका दर्जनौ प्रकाशनहरु पनि छन् र थुप्रै रिवार्डहरु पनि पाइसकेको रेकर्ड छ।

यसै बीच आफु गैरआवासीय नेपाली संघलाई केही योगदान दिनको लागि, नेपाली समुदायको एक तहको सामाजिक र अन्य क्षेत्रमा स्तर उकास्नको लागि इच्छित भएकोले आइसीसी सदस्यको लागि उम्मेदवार भएको हलिउडखबरसँगको कुराकानीमा बताए।