-NRNA:गैरआवासीय नेपाली संघद्वारा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आब्हान

NRNA:गैरआवासीय नेपाली संघद्वारा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आब्हान

Hollywood Khabar February 05,2020 Comments

प्रेस विज्ञप्ति

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनको लागि हार्दिक आह्वान

केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरस (Novel Corona Virus) को संक्रमणले अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भईसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको साथै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछ । साथै यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गर्दछ ।

यस प्रकोपका कारणले चीनको उहान प्रान्तमा रहेका नेपालीहरुको उद्धारको चुनौति आएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरु संग संपर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्ग संगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको छ।

संघका अध्यक्षज्यूले सक्दो सहयोगका लागि संबन्धित सबै पक्षलाई अपिल समेत गरिसक्नु भएको छ । संघको स्वास्थ्य सम्बन्धी समितिले यस कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको छ । यस प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको छ । नेपाल जस्तो कम साधन श्रोत सम्पन्न मुलुकलाई यसले चुनौति थपि दिएको छ।

यस्तो अन्तर्राष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र संपूर्ण मानव जाति ऐकबद्ध भई लाग्नु पर्ने हाम्रो भनाई हो। अन्तर्राष्ट्रिय रुपमा समन्वयका साथ अघि बढ्न हामी नेपाल सरकार र विश्व समुदाय संग हार्दिक अपिल गर्दछौं ।

यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा अपिल गर्दछौं।

साथै कुनै आपतकालिन अवस्था आईपरेमा संघको सचिवालय

977-4411530/4426005

email: info@nrna.org

तथा स्वास्थ्य समितिका सभापति डा. संजिव सापकोटा

email: chair.health@nrna.org)

लाई सूचना दिनुहुन अनुरोध छ ।

डि.बि क्षेत्री

प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ

६ फेब्रुवरी २०२०