-सुदुरपश्चिम प्रदेशका लागि एनआरएनएको Mobile Blood Bus को लागि सहयोग गरिदिन

सुदुरपश्चिम प्रदेशका लागि एनआरएनएको Mobile Blood Bus को लागि सहयोग गरिदिन

Hollywood Khabar December 30,2020 Comments

आदरणीय सबैमा नमस्कार;

प्रिय मित्रहरु,

हालसालै यहांहरु सबैको सहयोगले गैरआवासीय नेपाली संघले चितवनको भरतपुरमा आधुनिक सुविधा सम्पन्न Mobile Blood Bus हस्तान्तरण गरेको अवगत नै छ।

गत हप्ता सम्पन्न भएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय अनुसार देशका सबै ७ प्रदेशहरुमा Mobile Blood Bus उपलब्ध गराउने लक्ष्य अनुरुप दोश्रो Mobile Blood Bus सुदुरपश्चिम विकास क्षेत्रका सबै जिल्लाहरुमा सेवा पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सासाइटी, धनगढीलाई उपलब्ध गराउने निर्णय गरेकोले, नववर्ष २०२१ को प्रथम दिनमा यसका लागी आर्थिक संकलन अभियान प्रारम्भ गर्न गईरहेका छौं।

विगतमा झैं यस मानविय अभियानमा सम्पूर्ण एनसिसिहरु, गैरआवासीय नेपाली अभियन्ताहरुले यथाशक्य आर्थिक सहयोग गरिदिन हुन र सहयोग रकम तल उल्लेखित खातामा जम्मा गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछौं।

Transfer to NRNA Blood Transfusion System Fund Account

Account No : 024010010000471

Beneficiary : NRNA Blood Transfusion System Fund Account

Bank : Sanima Bank Limited

Branch : Teku, Kathmandu

Swift : SNMANPKA

 

धन्यवाद;

गौरीराज जोशी

सचिव तथा संयोजक NRNA Mobile Blood Bus परियोजना

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

डिसेम्बर ३१, २०२०