-NRNA NCC USA:बिन्दु सापकोटा ICC सदस्यका उम्मेद्धार

NRNA NCC USA:वर्तमान बोर्ड सदस्य बिन्दु सापकोटा ICC सदस्यका उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को वर्तमान बोर्ड सदस्य सापकोटा ICC सदस्यको लागि उम्मेद्धार भएकी छन्।

सापकोटा नेपालको पूर्वको चर्चित मोरङमा हुर्केकी हुन्। महेन्द्र मोरङ क्याम्पसबाट स्नातक गरेकी सापकोटा काठमाण्डौ आएपछि भने कला-संस्कृति तर्फ लागिन। सप्तरंगी कला समूह बनाएर त्यसैमा काम पनि गरिन सापकोटाले।

२००९ मा उनी अमेरिका आइन। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बस्दै आएकी सापकोटा लायन्स क्लब, सन्नी सगरमाथा समाज, नेपाली वमन ग्लोबल नेटवर्क, लगायत थुप्रै संघ-संस्थामा पनि काम गरेकी छन्। सान फ्रान्सिस्को बे एरियामा उनले कला र संस्कृतिमा थुप्रै योगदान दिएकी छन्।

२०१४ देखि भने उनी एनसीसी अमेरिकाको सदस्य भएकी हुन्। त्यसपछि पनि कला-सांस्कृतिक कमिटि र गतिबिधिहरुमा काम गर्दै आएकी छन्। सापकोटा २०१७ को निर्वाचनमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन। हाल आएर भने सापकोटा ICC सदस्यमा उम्मेद्वार भएकी छन्।