-NRNA:एनआरएनए एनसीसी अष्ट्रेलियाले गर्यो कोभिड-१९ राहतको लागि अनलाइन फर्मको ब्यबस्था

NRNA:एनआरएनए एनसीसी अष्ट्रेलियाले गर्यो कोभिड-१९ राहतको लागि अनलाइन फर्मको ब्यबस्था

Hollywood Khabar April 03,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाले कोभिड १९ संक्रमणका समयमा थुप्रै गतिबिधिहरु गरेको छ।

एनसीसी अष्ट्रेलिया अष्ट्रेलियाले कोरोना संक्रमणको समयमा राहत निर्माण समिति गठन गरेको छ। समितिमा नेपाली दूतावास संरक्षक र एनसीसी अष्ट्रेलियाका अध्यक्ष संयोजक रहनु भएको छ। समितिमा १५ वटा स्थानीय संघ-संस्था उपसंयोजक तथा अन्य १५० स्थानीय संघ संस्थाहरु सदस्य रहेका छन्।

एनआरएनए एनसीसी अष्ट्रेलियाले संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिएको कुरा एनआरएनए एनसीसी अष्ट्रेलियाले जनाएको छ। यो क्रम अन्यलाई पनि समेटिँदै गरिने कुरा जनाइएको छ।

यसैगरी एनआरएनए एनसीसी अष्ट्रेलियाले २० हजार डलरको राहत कोष स्थापना गरेको छ। यसमा रकम थप हुने क्रम जारि छ र २० हजार डलर तुरुन्तै थपिँदै छ। यसबाहेक नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउनको लागि रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदको राहत कोषमा योगदान गरेको छ।

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

एप्रिल ४, २०२०