-एनआरएनए अमेरिकाज क्षेत्रले महिला आवाज बहस सुरु गर्ने, पहिलो भाग जनवरी १७ मा

एनआरएनए अमेरिकाज क्षेत्रले महिला आवाज बहस सुरु गर्ने, पहिलो भाग जनवरी १७ मा

Hollywood Khabar January 13,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ। बहसको पहिलो भाग जनवरी १७, २०२१ आइतबार हुने भएको छ।

कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र जसलाई अमेरिकाज क्षेत्र भन्ने गरिन्छ, रहेको छ। संघको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले सो कुराको जानकारी दिनुभएको छ। साथै उहाँले आफ्नो कार्यक्रम अत्यन्तै आकर्षक हुने, यसबाट नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताउनु भएको छ।

यस्ता खाले कार्यक्रम गैरआवासीय नेपाली संघको महिला बिभागले संघका ६ वटै क्षेत्रमा फरक-फरक रुपले संचालन गर्दै आएको छ। अमेरिकाज क्षेत्रले आयोजना गरेको कार्यक्रमको पहिलो बहस जनवरी १७, २०२१ आइतबार जुम र्यालीमा हुनेछ। पूर्वीय समय दिनको १२:०० बजे सुरु हुने कार्यक्रममा महिला र युवा दुबै क्षेत्रलाई फोकस गरिनेछ। कार्यक्रमलाइ संघको आधिकारिक फेसबुक पेज र अन्य संचार मध्येमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ।

कार्यक्रम:

Jan 17, 2021

12:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting

https://us02web.zoom.us/j/87896267347…

 

Meeting ID: 878 9626 7347

Passcode: 757786

 

कृष्ण के सी

सहसंयोजक

मानार्थ परिषद सदस्य तथा सूचना तथा संचार समिती

गैरआवासीय नेपाली संघ

जनवरी १३, २०२१