-बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकाल

एनआरएन नागरिकताको ड्राफ्टमा तिब्रता :सहसचिव ढकाल

Hollywood Khabar January 02,2018 Comments

जनवरी,३ स्पेन।परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट तिब्र रुपमा तयार भइरहेको बताएका छन् ।एनआरएनए बेल्जियमको आयोजनामा परराष्ट्र मन्त्रालयको उच्च स्तरीय सरकारी टोलीको नेतृत्व गर्दै बेल्जियम पुगेका ढकालले एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले नेपालको संबिधान २०७२ ले एनआरएनलाई सामाजिक आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भन्ने प्राबधान रहेको भन्दै त्यसलाई कुन रुपमा अगाडि बढाउने भन्ने बिषयमा त्यसको ड्राफ्ट भइरहेको बताएका हुन्।

ढकालले एनआरएन ऐन तथा नियमावलीमा केही कमी तथा कमजोरीहरु पनि देखा परेको भन्दै त्यसलाइ पनि ड्राफ्टसँगै संशोधन गर्नका लागि प्रक्रिया अघि बढाएको बताए।ढकालले परराष्ट्र मन्त्रालयमा एनआरएन डिभिजन नै खडा गरेर एनआरएनहरु समस्या र मागलाई नेपाल सरकारले गम्भीरता पुर्बक लिएको बताएका छन्।एनआरएनहरुको सुझाव अनुसार स्मार्ट खालको बोक्न र देखाउन सजिलो एनआरएन परिचय पत्र कार्ड तयार भइसकेको भन्दै ढकालले एनआरएन बिधान संशोधनको प्रक्रियामा परराष्ट्रमन्त्रालयको सहमति प्राप्त गर्नुपर्ने प्राबधान अनुरुप छिट्टैसहमति प्रदान गर्ने जानकारी गराएका थिए। 

बेल्जियम स्थित नेपाली राजदूत लोकबहादुर थापाले दूताबास, परराष्ट्र मन्त्रालय र एनआरएनबीचको छलफल निकै सकारात्मक रहेको भन्दै एनआरएन डेस्ककै सहसचिव आएर दूताबासको उपस्थितिमा गैरआवासीय नेपालीहरुबीचको छलफल निष्कर्ष निकै सकारात्मक हुने अपेक्षा गरेको बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य,सचिव जानकी गुरुङ,महिला संयोजक रजनी प्रधान,बेल्जियम,बेलायत,स्पेन,स्विडेन,डेनमार्क लगायतका मुलुकहरुबाट एनआरएनहरु सहभागी थिए।