कृष्ण के सी, अमेरिका, अप्रिल १३, २०२१
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन र बोलाइएको अधिवेशन तोकिएकै समयमा हुने भएको छ।
बिचमा यस संबन्धि केहि बिचौलिया र संघको बिधि-बिधान नबुझेका व्यक्तिहरुले अनावश्यक हल्ला फैलाएका थिए। तर पनि संस्थाको एउटा सिष्टम र विधिमा जाने, नियमितता दिने कुरालाई नजर अन्दाज गर्न सकिन्नथियो। सुरु गरिएको संस्थाको गतिबिधि निर्धारित समयमा नै भएर जानुपर्छ, हुन्छ अनि हुनेभएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको सुझ-बुझ र सहजताका कारण नै एनसीसी अमेरिकाको निर्वाचन र अधिवेशन निर्धारित समयमा हुने भएको छ।
एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन र अधिवेशनको कार्यतालिका २०२१
- अप्रिल ३, २०२१ निर्वाचन संबन्धि कार्यतालिका प्रकाशन
- अप्रिल ६, २०२१ मतदाताको लिष्ट कार्य समितिबाट ग्रहण गर्ने
- अप्रिल १०, २०२१ मतदाताको पहिलो लिष्ट प्रकाशन। मतदाताको दावी-बिरोध सुरु
- अप्रिल १३, २०२१ मतदाताहरुको दावी बिरोध ५:०० बजे पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
- अप्रिल १८, २०२१ मतदाताको अन्तिम लिष्ट प्रकाशन
- अप्रिल १९-२०, २०२१ उम्मेदवारहरुको मनोनयन, अप्रिल २० को ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
- अप्रिल २५, २०२१ उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशन
- अप्रिल २६, २०२१ उम्मेदवारहरुप्रति दावी-बिरोध, ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
- अप्रिल ३०, २०२१ उम्मेदवारहरुको लिष्ट प्रकाशन
- मे ३, २०२१ उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, ५:०० बजे सम्म, पूर्वीय समय
- मे ८, २०२१ उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन
- मे २९-३०, २०२१ निर्वाचन, दोश्रो दिनको ११:५९ पुर्बिय समय सम्म
- मे ३१, २०२१ निर्वाचनको नतिजा प्रकाशन
- जुलाई ३, २०२१ अधिवेशन, निर्वाचनबाट निर्वाचितहरुलाई सर्टिफिकेट वितरण, सपथ ग्रहण, टेकओभर र ह्याण्ड ओभर समारोह।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!