NRNA IES बैठक: राणाको ससम्मान पुनर्बहाली र महासचिवलाइ माफी

Hollywood Khabar August 10,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको कार्यकारी अफिसर (IES) हरुको बैठक अगष्ट ११, २०१८ मा सम्पन्न भएको छ। बैठकले अरु थुप्रै विषयका साथ मुख्य गरि दुइ बिषयमा धेरै समय बिताएर निर्णय गर्यो।

बिशेष गरी राजेश राणाको कार्यकारी निर्देशक पदमा पुनर्बहाली र यूरोपियन बैठकका बारे संघका अध्यक्ष भबन भट्ट सहित सबै एकातिर भए भने महासचिव डा बद्रि के सी एकल रुपमा सबैको आलोचना खाँदै रहनुभयो।

बैठकले संघमा लामो समय देखि कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनु भएका राजेश शंशेर राणालाइ गत जनवरी २०१८ मा IES बैठकको बहुमतको आधारमा पदबाट मुक्त गरेको थियो। त्यो निर्णयको तत्काल संघका IES सदस्य त्रय, उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटाले विपक्षमा मत दिएका थिए। उनीहरु राणालाइ निकाल्नु हुन्न भन्नेमा कुरामा अडिग थिए।

यति मात्र होइन निवर्तमान अध्यक्ष डा शेष घलेलाइ धेरै सघायो भनेकै कारण राणालाइ पदमुक्त गरिएको आरोप महासचिव डा बद्रि के सीलाइ थियो। त्यसको विपक्षमा डा घले कालिन थुप्रै पदाधिकारीहरुले राणाप्रति गरिएको सो निर्णयको बिरोध गरेका थिए। अमेरिकाज क्षेत्रका निवर्तमान क्षेत्रीय संयोजक सोनाम लामाले त्यो समय आफू काठमाण्डौ मै भएकोले राणालाइ न्यायका लागि न्यायालय जान सल्लाह समेत दिएको बताइञ्च। बाहिर कतै आफ्नो धारणा नदिएता पनि निवर्तमान अध्यक्ष डा घले पनि सो निर्णयबाट दुखी हुनुहुन्थ्यो भन्ने कुरा उहाँका निकटतमहरु बताउँछन्।

अन्तत, श्रम अदालतको निर्णयलाइ सम्मान गर्दै संघको IES बैठकले राणालाई ससम्मान पुनर्बहाली गर्ने निर्णय गरेको छ। यो निर्णयलाइ सबैले उचित र सही भनेका छन्।

बैठकमा भर्खरै सम्पन्न यूरोपियन भेलामा भएको चरम राजनैतिक हस्तक्षेप, महासचिवको ताण्डब नृत्य, पदिय भेदभाव लगायत बिषयको बिरोध उत्कर्षमा पुगेको थियो। बैठकको आयोजक राष्ट्र लक्जेम्वर्गमा थोरै रुपमा नेपालीहरु भएता पनि प्रधानमंत्री समेतको भिडियो संदेश लिनु, सबै ब्यबस्था राम्रै गर्नुको सबैले प्रसंसा गरेकै थिए। तर बिचमा संघका महासचिवले हस्तक्षेप गरि चरम रुपमा कार्यक्रमलाइ भद्रगोल बनाएको, एउटा राजैतिक पार्टीको जस्तो बनाएको, मनोमानी रुपले लगेको  कुराको सर्वत्र बिरोध भएको थियो।

सो बिषयमा संघक उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङ, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका केहि आइसीसी सदस्य र एनसीसी अध्यक्ष सहित १७ जनाले त बिरोधमा बक्तब्य नै निकालेका थिए।

सो बक्तब्यको पूर्णपाठको न्यूज लिंक: https://hollywoodkhabar.com/nrna-europe-18release

संघको चर्चित टुरिजम भिडियो च्यालेन्ज प्रतियोगिता पनि सो बैठकबाट छायाँमा पारियो। ति सबै बिषयमा कमि भएको कुराको IES बैठकमा सबैले महासचिव के सीको चरम रुपमा बिरोध गरे। संघका अध्यक्ष भबन भट्ट समेतले धेरै कुराको गल्ति गरेको कुरा स्वीकारे पछि अन्तत संघका महासचिव डा बद्रि के सीले आफूले आफ्नो गोरुको बाह्रै टक्का गरेको र ति सबै कुराको आफूले एकल रुपमा जिम्मेवारी लिने, उपरान्त तेसो नगर्ने भन्दै माफी मागेको कुरा बताइएको छ।

हुन त महासचिव के सीको माफी माग्ने क्रम यो पहिलो भने होइन। गल्ति गर्नु, माफी माग्नु फेरी तेही गल्ति दोहोर्याउनु उहाँको सिलसिला नै हो। डा शेष घलेको पछिल्लो कार्यकालमा पनि अति गरेकाले अमेरिकाज क्षेत्रका तत्कालिन क्षेत्रीय उपसंयोजक एसी शेर्पा र संयोजक सोनाम लामाले डा के सीको राजिनामा माग्दै बैठक एजेण्डा नै राखेका थिए। तर त्यो बैठकमा डा के सीले माफी मागेर उपरान्त नगर्ने प्रतिबद्धता गरेको नै हो। फेरि पनि उहाँको यो क्रम रोकिएन। अझै पनि संघका पदाधिकारीहरु महासचिव के सीप्रति विश्वस्त भएका छैनन। उनीहरु भन्छन उहाँको कुनै भर छैन।