-Nepali Public Relation Committee USA, Official LOGO

नेपाली जनसम्पर्क समिति अमेरिकाले जुन १५ मा तीनवटा शहरमा एकैसाथ जागरण अभियान गर्दै

Hollywood Khabar May 31,2019 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाले यही आउँदो जुन १५ तारीख २०१९ का दिन अमेरिकाको तिनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियानको कार्यक्रम गर्ने भएको छ । गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।

जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका निमित्त महासचिव मुनिन्द्र नेम्बाङलाई, दक्षिणी भेगमा उप-सभापति चेत प्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उप-सभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने कुरा संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी गराएका छन।

सो जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशिल सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथिहरू, अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली काँग्रेसमा आस्थावान साथिहरू एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने बताउँदै, नेम्बाङले यो अभीयानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेका छन्।

साथै यो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै सम्रचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।