-जनसम्पर्क नर्थ अमेरिका बैठकमा गोविन्द भटर्राई आउने, बहुमतले बहिष्कार गर्ने

जनसम्पर्क नर्थ अमेरिका बैठकमा गोविन्द भटर्राई आउने, बहुमतले बहिष्कार गर्ने

Hollywood Khabar June 19,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२०/२०

नेपाली जनसम्पर्क समिति, नर्थ अमेरिकाका केन्द्रीय सदस्य, सल्लाहकार, वर्तमान एवं पूर्व महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य र अमेरिकाका सबै राज्य च्याप्टरका सभापतिहरुको जुम बैठकको आयोजना गरिएको छ।

जुन २१, २०२० मा आइतवार साँझ ७:४५ बजे (नेपालको समय) त्यसअनुसार न्यूयोर्कको समय सोहि दिन बिहान १०:०० बजे बैठक हुने भनिएको छ। बैठकमा नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमूख तथा केन्द्रीय सदस्य गोविन्द भटर्राईको उपस्थित रहने भनिएको छ। तर तोकिएका बहुमत व्यक्तिहरुले बैठक बहिष्कार गरेका छन्।

बैठक नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टद्वारा बोलाइएको छ। उक्त बैठक जनसम्पर्क समितिको केन्द्रिय कार्यसमितिको बैठकले निर्णय नगरको हुनाले आफू बैठकमा नजाने कुरा बरिष्ठ उपसभापति धनन्जय नरसिं के सी बताए।

त्यसैगरी उपसभापति धर्म श्रेष्ठलाइ जानकारी छ तर आफू घरायसी भेटघाटमा रहेकोले बैठकमा सहभागी हुन नसक्ने कुरा बताए। अर्का उपसभापति सिपी पौडेलले आफूलाइ इमेल आएको, यो विषमा सभापतिसँग आफू सहमत छैन तर आफ्नो धारणा प्रष्ट रुपमा राख्न बैठकमा जाने कुरा बताएका छन्।

समितिका महासचिव मुनिन्द्र नेम्बाङलाइ नै बैठकमा बोलाइएको छन्। मुख्य आयोजक मध्य मानिने महासचिव नै बेखर भएको बैठकमा उनि उपस्थित हुने कुरा नै रहेन। फोन गर्दा उनि ब्यस्त भएकोले पछि कलव्यक गर्ने टेक्स्टमा बताए।

सचिव इश्वर सापकोटासँग सम्पर्क गर्दा प्यासिफिक समय साँझ ७:३० बजे सम्म कुनै जानकारी आएको छैन। यो बैठक होइन हल्ला मात्र आएको होला, आफू नै सचिव मलाइ नै थाहा नभएर कसरी बैठक आयोजना गरिएको होला र भन्ने उल्टा प्रश्न गरे।

मनोनित सदस्य, पूर्व संयोजक, १३ औं महाधिवेशन महासमिति सदस्य बिष्णु सुवेदीले भने, आनन्द बिष्टको कार्यकाल नै समाप्त भएको छ। उसै पनि आमन्त्रित केन्द्रिय सदस्य भएपछि सभापति नै खाली भएर बरिष्ठ उपासभापति कार्यबाहक हुनुपर्ने हो। त्यसमाथि पनि यो कार्यकाल समाप्त भएको नै २०१७ मा हो। थपिएको भनिएको अबधि सकिएको पनि दुइ महिना भैसक्यो। अब यो अबैधानिक आनन्द बिष्टले आयोजना गरेको यो मात्र होइन कुनै पनि कार्यक्रममा आफू र आफ्ना साथीहरुले बहिष्कार गर्ने बताए। यति मात्र होइन बिष्टको नेतृत्व गर्ने कुनै हैसियत नै छैन, उ असक्षम सावित भैसक्यो, पार्टी र साथीहरुको सपोर्ट पाउँदा पनि ६ वर्षमा अधिवेशन गर्न नसक्ने एक नालायक व्यक्ति हो बिष्ट भने।

केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्कीले बैठकमा बोलाइएता पनि संस्थागत निर्णय, छलफल र सामुहिक अवधारण नभएका कारण आफू यो भनिएको बैठकमा सहभागी नहुने बताए। त्यसैगरी धेरै च्याप्टर सभापतिहरुलाई सम्पर्क गर्दा बहुमतले भनिएको बैठकमा उपस्थित नहुने कुरा जानकारी पाइएको छन। बैठकबारे जानकारी लिन सभापति आनन्द बिष्टसँग तीन पटक कल गर्दा पनि सम्पर्क हुन सकेन।