Nepali Public Relation Committee America Seal/Logo

जनसम्पर्क अमेरिका: बिधान र बिधी मिल्दैन, अधिवेशनको टुंगो छैन, गफैगफको दैनिकी

Hollywood Khabar February 03,2019 Comments

कृष्ण के सी/अमेरिका/२/३/१९

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशनलाइ लिएर बजार सेलाएको भएता पनि यसका मुठ्ठीभर व्यक्तिहरुलाई भने पद पाउनकै लागि निन्द्रा समेत नलाग्ने अवस्था भएको दुइ वर्ष भैसक्यो।

उनीहरु पटक-पटक मेसो मिलाएर नेपाल समेत धाएका छन। नपाली कांग्रेसका सभापति शेर बहादुर देउबा र महामन्त्री डा शशांक कोइराला समक्ष पुग्नेहरुको फेसबुके रिपोर्ट पनि देखिएको छ। २०१७ को अन्ततिर हुनुपर्ने अधिवेशन अझै भएको छैन। नेपाली काँगेस पार्टीले पत्र नै लेखेर जनसम्पर्क समिति अमेरिकाको अधिवेशन रोकेको छ। तर यथार्थता, यी दुवै पक्षको प्रचलित विधानले त्यसो गर्न मिल्दैनथियो । बिधान र बिधि पटक्कै मिलेको छैन भन्ने तिर कसैको पनि ध्यान गएको छैन।

नेपाली काँग्रेसको महासमिति बैठक हुँदैन भन्दा भन्दै पनि नाटकीय रुपमा सम्पन्न भएर नै छाड्यो। एउटा प्रजातान्त्रिक पार्टीमा भएका टिके प्रथा र थुप्रै अप्रजातान्त्रिक ब्यबस्थाहरुमा थुप्रै सुधार गरिए। निर्वाचनबाट नेता छान्ने कुरा लगायत धेरै कुरा सुधारिए, पदीय जिम्मेवारीमा निर्वाचनबाट आउनु पर्ने भयो। १४ औं महाधिवेशन आउन लागिसक्यो अझै पनि १३ औं महाधिवेशनबाट गर्नुपर्ने नियुक्ति सकिएको छैन। त्यो हिरिक्क हुने समयको लागि नियुक्ति पद पाउन-दिन-दिलाउनको लागि चाकडी, सिफारिस, बिरोध, प्रतिरोध र चुक्ली टुटेको छैन। अझै पनि दिने र पाउने कुराको लुर्को र टुंगो लागेको छैन ।

यस्तै पाउनको लागि नै पुरानो बिधानमा नियुक्तिको ब्यबस्था राखिएको थियो। अनि त्यो रोग काँग्रेस मात्र होइन हालको सत्ताधारी पार्टी नेकपाको पनि हालत उस्तै छ। उनीहरुले एमाले हुँदाको समयमा पुर्णता दिन नसकेको अवस्थामा नै माओबादीलाइ बिलय गराएका हुन्। अनि नयाँ पार्टीबाट चुनाव जितेर सत्तामा बसेको नै वर्ष नाघिसक्यो तर पनि पार्टीले पुर्णता पाएको छैन। नेपाली काँग्रेसको १२ औं अधिवेशनको नियुक्ति स्व. शुशिल कोइरालाले १३ औं अधिवेशनको मुखमा पुगेर गरेको त नजिर नै छ। त्यो सबै कुरा आफ्नो गुट कसरी कायम राख्ने भन्नको लागि नै थियो। तर पनि वर्तमान बिधानले थुप्रै कुरा संसोधन गरेको छ। तर आज भने उक्त पारित बिधान र जनसम्पर्क समिति अनि त्यसमा पनि नेपाली जनसम्पर्क समिति अमेरिकाको बैधानिक र ब्यबहारिक बेमेलका कुरा गर्दैछु।

पहिलो कुरा त ३१ देशका जनसम्पर्क समिति मध्ये धेरैजसो जनसम्पर्क समितिहरु दर्ता नै भएका छैनन् । कतिपय देशमा यस्ता बैदेशिक नागरिकहरुको संस्था दर्ता हुने कानुन नै छैन । ति देशहरुमा गैरआवासीय नेपाली संघको पनि हालत उस्तै हो।

अर्को कुरा, नेपाली जनसम्पर्क समिति अमेरिका अमेरिकाको एउटा राज्यको प्रचलित मुनाफारहित कम्पनि/कर्पोरेटको कानुन अनुसार दर्ता भएको संस्था हो। यसका सदस्य हुन नेपाली काँग्रेसको आदर्श मान्न र क्रियाशील सदस्यता अनि थप कुरा मापदण्डका कुरा पुरा गर्नुपर्दैन। केवल उमेर पुगेको हुनुपर्छ, आतंकबादी हुनु-हुँदैन बाँकी कुरा सामान्य हुन्। सदस्य बन्न जसले पनि मिल्छ रोक्न मिल्दैन अन्यथा डिश्क्रिमिनेशन गरेकोमा नेतृत्वले ठूलो मूल्य चुकाउनु पर्छ। नेकपाको नजिक मानिने प्रवासी मंच अमेरिकाको पनि कुरा यस्तै हो केही फरक छैन। भएता पनि नेपाली कांगेसको चालु बिधानले दिएको व्यवस्थाले त्यो कुरासंग मेल खाएको छैन। त्यस अनुसार नेपाली र कांगेसीले मात्र जनसम्पर्क समितिको सदस्यता पाउँछ। अमेरिकाको 501C मा दर्ता भएको संस्था राजनैतिक हुन् असक्दैन र राजनीति गर्न मिल्दैन, एउटा सामाजिक संस्था भएकोले सोहि अनुरुप गर्नुपर्छ।

थप कुरा, जनसम्पर्क समिति अमेरिकाले आफ्नो बिधानमा नेपाली काँग्रेस पार्टीसंग एफिलेशन हुने, उसले दिने सुविधाहरु लिने जस्ता कुरा कतै पनि उल्लेख गरेको छैन । तसर्थ, नेपाली कांग्रेसले जनसम्पर्क समिति अमेरिका र नेपाली जनसम्पर्क समिति अमेरिका नामको सामाजिक संस्थाले नेपाली काँगेस पार्टी आपसमा चिन्दैन। यो अर्थमा यी दुइबीच कुनै संबन्ध नै छैन भने जनसम्पर्क समिति अमेरिकाको अधिवेशन नेपाली कांग्रेसले कसरी रोक्न सक्छ त ?

यथार्थमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो कार्यक्रम गर्दा र गतिबिधि गर्दा नेपाली काँगेसको झण्डा राख्न मिल्दैन, सदस्यता दिन काँग्रेस हो या होइन भनेर भेदभाव गर्न मिल्दैन। यसो गर्दा अमेरिकी प्रचलित राज्य र संघिय कानुनका रुपमा दण्डनीय मात्र होइन आन्तरिक रिभेन्यूबाट दर्ता नै खारेज समेत हुन्छ भनेर त कर्पोरेट एटर्नीहरुले नै बताएका छन्।

नेपाली काँगेसको चालु बिधानमा नेपाली जनसम्पर्क समितिको गठन र सदस्यता संबन्धि थप ब्यबस्था गरिएको छ। यसको सदस्यता लिन नेपाली नागरिकले मात्र पाउँछ। त्यसैगरी नेपाली कांग्रेसको प्रतिनीधिमुलक र उसतर्फको क्रियाशील सदस्यता नेपाल बाहिर वितरण गर्ने र नयाँ सदस्यता दिने समेत जनसम्पर्क समितिले गर्ने ब्यबस्था छ। त्यो अवस्थामा गैर नेपाली या बिदेशीलाइ नेपाली कांगेसको सदस्यता दियो भने नेपाली काँग्रेस पार्टीलाइ प्रचलित कानुनको उलंघन गरेकोले निर्वाचन आयोगबाट दर्ता खारेज गर्न सक्छ। त्यसैले नेपाली काँगेसको संसोधित बिधानमा नेपाली नागरिकले मात्र जनसम्पर्क समितिको सदस्य बन्न ब्यबस्था गरेको हो। त्यो ब्यबस्था बिल्कुल सहि र कानुन सम्मत छ।

तर नमिलेको कुरा चाहिँ नेपाली कांग्रेसको बिधान र नेपाली जनसम्पर्क समिति अमेरिकाको बिधानको आपसी ब्यबस्था हो। त्यो पूर्ण रुपमा बाझिएको छ । त्यसलाई मिलाउन नेपाली कांगेसले सक्दैन। केवल नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो अधिवेशन गरेर बिधानमा संसोधन गरेर नेपाली काँग्रेस पार्टीसँग एफिलेशन हुने, उसका आदर्श र सुविधा लिने, त्यो पार्टीको कृयाशील सदस्यता वितरण गर्ने ब्यबस्था थप गरेर सेक्रेटरी अफ स्टेटबाट स्वीकृति लिएको अवस्थामा मात्र दुवै कुरा मिलान हुन्छ। त्यसो गर्न समितिको अधिवेशन या साधारण सभा दुइमध्ये एउटा गर्नुपर्छ । त्यो कुरा पार्टीको आदेश भन्दै वर्तमान नेतृत्वले रोकेर बसेको छ ।

अन्यथा नेपाली काँग्रेस पार्टीले नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन रोक्ने, हस्तक्षेप गर्ने हैसियत राख्दैन, मिल्दैन र हुँदैन । यो कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाका सुरु देखि वर्तमान सम्मका नेत्रित्वले बुझ्नुपर्छ, यसरी जान मिल्दैन अन्यथा दोषको पनि भागिदार हुनुपर्छ ।

यसै बिषयलाई लिएर जनसम्पर्क समिति अमेरिकाका एकजना नेताले नेपाली काँगेस पार्टीमा बिधान संसोधन गरिपाउन निवेदन समेत गरेको कुरा अमेरिकाको एउटा अनलाइन पत्रिकाले समाचार दिएको थियो । भएको कुरा समाचार दिनु एउटा कुरा हो तर बैधानिक कुरा यथार्थ समेत नेताहरुले नबुझ्नु, नबुझाउनु भने नराम्रो कुरा हो। यस्ता बिषय कसैलाइ मन पर्नु र नपर्नुसँग सरोकार हुँदैन, मिल्ने या नमिल्ने कुरासंग मात्र सरोकार हुन्छ ।

नेपाल बिधार्थी संघ अमेरिका, तरुण दल अमेरिका जस्ता संस्थाका हाँगा-बिंगा बनाउनु पूर्व यो कुरा थाहा पाउनु जरुरी छ। यस्तै अरु पनि थुप्रै कुराहरु पछिल्ला दिनमा भएका छन् । दर्ता बिना नै संस्थाको नाममा आर्थिक गतिबिधि समेत भएका छन् । अमेरिकामा रहेका नेपाली, नेपाली काँगेस पार्टी र यसका नेताहरुलाई मुर्ख बनाएर पद धारण गर्नुपूर्व कानुनलाई मुर्ख नबनाउनु बेश हुन्छ। अन्यथा त्यसको मुल्य मरेपछि पनि चुकाउनु पर्छ। यथार्थतालाइ बाहिर ल्याउ, पार्टी र संबद्ध पक्षलाई कुरा बुझाउ र कानुनको अनुरुप जाऊ ।

तर पनि जनसम्पर्क समिति अमेरिकाको चुनाबका लागि बजारमा उम्मेदवार भने बग्रेल्ती देखिएका छन् । काम कुरा एकातिर छ इच्छा अर्कोतिर छ। त्यसैले आज यसलाई जनसम्पर्क अमेरिकाको अधिवेशनलाइ लिएर बिधान र बिधी मिल्दैन, अधिवेशनको टुंगो छैन, गफैगफको दैनिकी भनेर उल्लेख गरेको हुँ ।