-अधिकारकर्मी प्रहरी नियन्त्रणमा

निर्मला पन्तलाई न्याय माग्दा २५ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा

Hollywood Khabar December 09,2018 Comments

२४ मंसिर, काठमाडौं।बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय बालिका निर्मला पन्तलाई न्याय माग्दा २५ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बालुवाटास्थित प्रधानमन्त्री निवास अगाडि मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो।शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।
यस्तै, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायणकुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जानकारी दिएको छ ।पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।