हार्दिक समबेदना !!! सहयोगको लागि अपिल !- NANC

Hollywood Khabar April 18,2017 Comments

२० बर्षिय नेपाली युवा निराजन पुन, नेपालको बाग्लुङमा जन्मेर, चाबहिल, काठमान्डौमा हुर्कनु भएको थियो। उहाँ साथीहरु माझ अत्यन्त प्यारो हुनुहुन्थ्यो। डेविसको, क्यालिफोर्नियाको यती रेस्टुराँमा कार्यरत निराजन पुनको साथीहरुलाई भेटेर Fart Bragg बाट घर फर्कने अप्रिल १७, २०१७ मा कार दुर्घटनामा परेर निधन भएको छ। 

यस समाचारले हामी सान फ्रान्सिस्को बे एरिया बासी नेपाली समुदाय स्तब्द छौँ। यस दु:खद घडिमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवार प्रति समवेदना व्यक्त गर्दछ। यस बेला यो घटना र उहाँको परिवार वारे जानकारी लिनु अपरिहार्य भएकोले यो सुचना गरिएको छ। 

यसका साथै स्थिती बुझी निजको परिवारलाई आवश्यक सहयोग गर्न सहयोग संकलक सुरु गरिएकोले सहकार्य गर्न समेत सबै व्यक्ति, संघ संस्थाहरुलाई आग्रह गरिएको छ।

रबिन्द्र राई 

अध्यक्ष 

नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC)

सहयोगको लागि तलको गो फन्ड लिंक क्लिक गर्नुहोला:

https://www.gofundme.com/funeral-to-nirajan-pun