-नेपाल प्रेस युनियन यूकेको प्रथम अधिवेशन

नेपाल प्रेस युनियन यूकेको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन निरौला

Hollywood Khabar March 31,2019 Comments

लण्डन/नेपाली कांग्रेको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विपिन निरौला अध्यक्ष चयन भएका छन्।

लण्डनको प्लमस्डेटमा भएको पहिलो अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिवमा मन्दीप के सी, प्रवक्तामा भीम खरेल, सहसचिवमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, दयालु देवकोटा, लालमणि भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् ।
अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।

अधिवेशनको उदघाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले पत्रकारिता र बेलायतमा सिकेको ज्ञान, सीप र अनुभव नेपालसँग जोड्न बेलायतमा क्रियाशील प्रेस युनियनकर्मीलाई आग्रह गरे।

कार्यक्रमका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाङ्गीले नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरे ।

त्यसैगरी कार्यर्कममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेका महासचिव आरके त्रिपाठीले व्यवसायिक पत्रकारितालाई प्रबर्द्धन गर्न पत्रकारहरुलाई आग्रह गरे। उनले पत्रकारको दक्षता अभिवृद्धिका लागि एनआरएन यूकेले आवश्यक सहयोग गर्ने प्रतिबद्धता सेमत जनाए। कार्यक्रममा त्रिपाठीलाई सम्मान समेत गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले बेलायतमा क्रियाशील प्रेस युनियनका सदस्य र जनसम्पर्क समिति बेलायतमा आबद्ध सम्पूर्ण सदस्यहरुले आफ्नो मातृपार्टी नेपाली कांग्रेसलाई समय अनुसार सहयोग र आवश्यक सुधारका लागि पहल गर्न एक जुट भई कार्य गर्नुपर्ने बताए।