साङ्केतिक तस्बिर ;साभार वेब

नेपाली युवती नयाँ दिल्लीमा सामूहिक बलात्कार

Hollywood Khabar May 15,2019 Comments

२ जेठ काठमाण्डौं।२२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको लगेर चार जना पुरुषले सामूहिक बलात्कार गरेका छन्।भारतीय मिडियाका अनुसार ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन्।

रिपोर्टका अनुसार काठमाडौंकी ती युवती दिल्ली पुगेपछि त्यहाँबाट मुम्बई जान रेल चढ्ने तयारीमा थिइन्।युवति स्टेशन पुग्न ढिला भएपछि उनको रेल छुट्यो।त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन्।त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए।

त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ।आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ।घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपी मध्येका एकको फोन मार्फत् कुरा गरेकी थिइन्।पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए।आरोपीले बलात्कारपछि युवतिलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ।मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे।अहिले मुम्बई स्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ।

श्रोत विभीन्न न्यूज एजेन्सी