-फ्रान्सका नेपाली नयाँ बर्षको कार्यक्रम सम्पन्न

फ्रान्सका नेपाली संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बर्षको कार्यक्रम सम्पन्न

Hollywood Khabar April 17,2019 Comments

प्रकाश सापकोटा/पेरिस/फ्रान्स

फ्रान्सका १२ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा यहि अप्रिलको १४ तारिख पेरिसमा भब्यरुपमा नयाँ बर्षको कार्यक्रम सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारि थिए।

केहि दिन आगाडीमात्र फ्रान्स आएका नवनियुक्त राजदुत अधिकारिलाइ पनि फ्रान्सवासी नेपालीहरुलाइ पहिलोपटक एकैसाथ भेट्ने अवसर जुटेको थियो। अध्यक्ष मल्ल र राजदुत अधिकारिले संयुक्तरुपमा पानसमा दियो बलेपछि नेपाली राष्ट्रिय गान बाट औपचारिकरुपमा कार्यक्रममा सुरुवात गरिएको थियो।

उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा हालसालै फ्रान्समा स्थापना भएको नेपाली कलाकार समाज (इनास) का कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए।

आयोजक संस्थाका अध्यक्षहरुले छोटो मन्तब्य राख्दै संयुक्तरुपमा कार्यक्रम गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि सबै संघ संस्थाहरु मिलेर काम गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।

कार्यक्रम आयोजना गर्ने सस्थाहरु एनआरएनए एनसीसी फ्रान्स, नेपाली संस्कृतिक गृह फ्रान्स, एकता समाज फ्रान्स, पकोफेन फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, म्याग्दी समाज फ्रान्स, गोर्खाली समाज फ्रान्स, प्रवासी नेपाली एकता मंच फ्रान्स, जन सम्पर्क समिति फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्स रहेका थिए।

नवनियुक्त राजदुत दिपक अधिकारिलाइ सबै संघ संस्थाका अध्यक्षहरुले खादा ओडाई स्वागत गरेका थिए। राजदुत अधिकारिले फ्रान्स स्थित नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउदै आफुलाई स्वागत गर्नु भएकोमा धन्यवाद का साथै सबैलाई नयाँ बर्षको शुभकामना दिएका थिए।

संस्कृतिक कार्यक्रमकै क्रममा इनास फ्रान्सका बिजेताहरु विजय लामा र वर्षा चुडालले नेपाली गीतमार्फत र पुजा अधिकारिले नृत्य मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए भने कार्यक्रमको अन्ततिर लाइभ कन्सर्टमा जोमसमै बजारमा लगायतका गीतहरु घन्किदा हल भरिकै दर्शकहरुलाइ नचाउदै आयोजकहरूले कार्यक्रमको समाप्ति गरेका थिए।

आगामी मे महिनाको १९ तारिख पनि बुद्ध जयन्ती कार्यक्रम सबै संघसंस्थाहरुले संयुक्तरुपमा आइफल टावर अगाडी गर्ने निर्णय गरेका छन्।