-कांग्रेसले कोभिड १९ भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ

कांग्रेसले कोभिड १९ भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ

Hollywood Khabar April 12,2021 Comments

पछिल्लो दिनमा नेपालमा कोभिड १९ को संक्रमण बढेर मृत्यू समेत बढ्न थालेपछि आवश्यक तयारी थाल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।

२०७७ को चैत्र मसान्तमा प्रेषित विज्ञप्तिमा कांग्रेसको कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाश शरण महतले गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टीन व्यवस्था जस्ता आवश्यक तयारी थाल्न माग गरेको छ। यस्तै जोखिम्पूर्ण क्षेत्र, नाका, उडान लगायतका विभिन्न ८ वटा बुँदाहरुको माग गर्दै विज्ञप्तिद्वारा नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ।