फोटो सौजन्य नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय

नेपाली सेना पृतनापति समन्वयात्मक बैठक २०७५ शुभारम्भ

Hollywood Khabar May 26,2018 Comments

जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्ति
पृतनापति समन्वयात्मक बैठक २०७५ शुभारम्भ
आज मिति २०७५ जेष्ठ १३ गते माननीय रक्षामन्त्री श्री ईश्वर पोखरेल र रक्षा मन्त्रालयका रक्षा सचिव श्री विष्णु लम्सालको उपस्थितिमा जङ्गी अड्डामा प्रधानसेनापति, पि.एस.ओज रथीबृन्द र अन्य रथीबृन्द तथा अधिकृतहरु सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ शुभारम्भ भएको छ । नियमित रुपमा संचालन हुादै आएको बैठक दुई दिन सम्म चल्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा माननीय रक्षामन्त्री श्री पोखरेलले आफ्नो मन्तव्य राख्नु हुादै नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको हुनाले नेपालीहरु सेनाप्रति गौरव गर्दछन् र देशको आवश्यकता आर्थिक समृद्धि भएकोले नेपाली सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनु पर्ने बताउनु भयो । सोहि क्रममा वर्षायाम सुरु भएसागै हुन सक्ने प्राकृतिक जोखिम र क्षति न्युनिकरणको लागि नेपाली सेनालाई तयारी अवस्थामा रही नागरिकसाग सदैव सम्वादमा रहेर एक अर्काको समस्या समाधानमा सहयोगी बन्न निर्देशन दिनु भयो । साथै कठिन परिस्थितीमा पनि नेपाली सेनाले आफ्नो स्वाभिमानलाई सदा उच्च राख्न सफल भएको हुनाले आगामी दिनमा समेत नेपाली सेनाको स्वाभिमान उच्च रहनेमा विस्वस्त रहादै ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ को सफलताको कामना समेत व्यक्त गर्नु भएको थियो ।

समन्वयात्मक बैठकको शुभारम्भमा बलाध्यक्ष रथी श्री हेमन्त राज कुावरले स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने रक्षा सचिव श्री लम्सालले समेत आफ्नो मनतव्य राख्नु भएको थियो । बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।