-नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको बैठक र संघीय परिषद संबन्धि सूचना

Hollywood Khabar January 18,2021 Comments

प्रेष विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को बिधान अनुसार संघीय परिषद बैठक डिसेम्बर ३०, २०२० अगावै सम्पन्न गराउनु पर्ने प्रावधान रहेको छ। तर कोभिड-१९ को कारण स्थानीय सरकारको नियम पालना गर्नुपर्ने भएकोले भौतिक रुपमा उपस्थित भै बैठक गर्ने अथक प्रयास रहेता पनि सम्भब नभएकोले फिप्ना कार्यसमिति र संघिय परिषद्को संयुक्त छलफल र परामर्समा जनवरी १६, २०२१ शनिवारको दिन नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को सभामुख राज कुमार बिष्टकाे सभापतित्वमा जुम बैठक आयोजना गरियो। संघीय परिषदकाे जुम बैठकबाट निम्न अनुसार छलफल तथा निर्णय पारित गरियाे।

संघिय परिषद्को छलफल तथा निर्णयहरु,

१) बैठकमा सघिय परिषद्को बैठकमा फिप्नाको कोषाध्यक्ष छोन्जोम लामाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सर्व सम्मतबाट हार्दिकताका साथ पास गर्दै महासचिव नरेन्द्र थापा मगरको संगठानिक प्रतिवेदलाई थोरबहुत थपघटका सुझाब सहित सर्वसम्मतबाट पास गरियो।

२) बैठकमा फिप्ना अध्यक्ष लोक चेमजोङले प्रस्तुत गर्नु भएको फिप्ना भवन निर्माण लगायतका भावी कार्ययोजना तथा कार्यनिति एवं महाधिवेशन प्रतिनिधि तथा सल्लाहकारज्युहरुको, भावी पिडीलाई हस्तान्तरण, च्याप्टर बिस्तार, नेपाली समुदाय तथा अमेरिकी मुलधारमा फिप्नाको पहुँच, नेपाली राजनिति भन्दा फिप्नाको ट्याग लगाए सम्म फिप्नामै केन्द्रित रहनु पर्ने, नेपालमा नेफिनको संरचनाबारे र सबै एकजुट भएमात्र आदिवासी जनजाति अभियान सफल हुने बिचार, सल्लाह र सुझावलाई अत्यन्त महत्त्वपूर्ण र उपलब्धि मुलकरुपमा उच्च मुल्यांकन गरिएको छ।

३, फिप्ना अध्यक्ष एवं कार्यसमितिको आजको प्रस्तावमा फिप्ना अमेरिका सिस्टर अर्गनाइजेसनको रुपमा आदिवासी युवा, पत्रकार, सांस्कृतिक, स्थानीय निकाय लगायतका सम्बन्धित विभागहरु गठन गरि महा-अधिवेशनमा प्रतिनिधिको रुपमा मान्यता दिने, सभामुख चयन लगायतका प्रस्ताप उपर व्यापकरुपमा छलफल गर्दा यो निकै गहण र विधान सम्वत संम्सोधनका बिषयहरु भएको हुनाले विधि र विधानलाई आत्मसाथ गर्दै, आजको बैठकमा संघिय परिषद प्रतिनिधि गणपुरक नरहेको र सहभागी बहुमतिय प्रतिनिधिज्युहरुको सल्लाह र सुझावलाई मध्यनजर राखि यस बिषयमा व्यापक रुपमा सबै सदस्य संस्थाहरुसंग घनिभुतरुपमा अर्को संघिय परिषदको बैठकमा छलफलमा लाने निर्णय गरियो।

जनवरी १६, २०२१ शनिबारका दिन सम्पन्न फिप्ना संघिय परिषद तथा बार्षिक साधारण सभा २०२० मा चुनावी मुखमा मात्र ,मुखदर्शक पात्र मात्र नबनी फिप्नाको गरिमामयलाई आत्मसाथ गर्नुभई आफनो गरिमामय सहभागिता जनाउनु हुने महा-अधिवेशन प्रतिनिधिज्युहरु, फिप्ना सल्लाहकारज्युहरुमा हार्दिक आभार प्रकट गर्दै नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) संघिय परिषद सभामुख राज कुमार बिष्ट द्वारा संघिय परिषद्को बैठक औपचारिक रुपमा समापन गरियो।

मिति:१६ जनवरी, २०२१

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

संघीय परिषद बैठक २०२०

मिति: जनवरी १६, २०२१

मार्फत : भर्चुयल जुम अनलाइनबाट

सहभागिताहरु;

(क)संघीय परिषद, फिप्ना

१) राज कुमार बिष्ट, सभामुख-फिप्ना

२) छिरिङ्ग राप्के लामा, सदस्य सचिव-फिप्ना

(ख)कार्य समिति-फिप्ना

१) लाेक चेम्जोङ, अध्यक्ष-फिप्ना

२) गाेमा याेञ्जन, उपाध्यक्ष-फिप्ना

३) नरेन्द्र थापा,महासचिव-फिप्ना

४) छाेन्जाेम लामा,काेषाध्यक्ष-फिप्ना

५) टाेमा लामा,सचिव-फिप्ना

६) सोनाम ग्याल्जेन शेर्पा

(ग)सल्लाहकारहरु,

१)शिव कुमार राई, पुर्व अध्यक्ष-फिप्ना

२)मान बहादुर रानामगर,निवर्तमान अध्यक्ष -फिप्ना

३) भरत माेक्तान, पुर्व अध्यक्ष-तामाङ्ग सोसाईटी अमेरिका

४) दाेन्डुुुुप ढाेक्प्य, पुर्व उपाध्यक्ष-नेफिन

५) आङ जाङ्बु शेर्पा, अध्यक्ष-शेर्पा संघ अमेरिका

(घ) सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,

१) निमा ल्होमु, अध्यक्ष-घ्याल्सुम्दाे सेवा संस्था अमेरिका

२) विजय गुरूङ, अध्यक्ष -गुरूङ्ग (तमु) साेसाईटी ईन्क,अमेरिका

३) ग्याल्पाे ह्याेल्माे, बरिस्ठ उपाध्यक्ष-ह्याेल्माे साेसाईटी अफ अमेरिका

४) सुमन थाम्सुहाङ लिम्बु, महासचिव - किराँत याक्थुङ चुम्लुङ अमेरिका

५) केशवराम राई, अध्यक्ष-युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (न्युयोर्क च्याप्टर)

६) राम कुमार राई, अध्यक्ष - किराँत राई साेसाईटी अफ अमेरिका

७) कुलदिप रानामगर, अध्यक्ष-मगर संघ अमेरिका

८) ओङ्ग्याल लामा, अध्यक्ष - युनाइटेड मुगुम अर्गनाईजेशन अफ अमेरिका

९) आङ जाङ्बु शेर्पा, अध्यक्ष - शेर्पा संघ अमेरिका

१०) छेवाङ लामा, अध्यक्ष - तामाङ साेसाईटी अफ अमेरिका

आदिवासी अभिबादन सहित,

 

राज कुमार बिष्ट

सभामुख, संघिय परिषद - फिप्ना

छिरिङ्ग राप्के लामा

सदस्य सचिब, सघिय परिषद - फिप्न