-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्र जुटौं-मन्त्री भट्टराई

Hollywood Khabar September 13,2019 Comments

२८ भाद्र ,अत्तरिया।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै क्षेत्र  जुट्नुपर्ने बताएका छन् ।कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित  कार्यक्रममा लाइ शनिबार सम्बोधन गर्दै मन्त्री योगेश  भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै क्षेत्र जुट्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन्।मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा/एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको भन्दै भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराए बताए ।