सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण

नेपाली सेनाको सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण

Hollywood Khabar January 08,2019 Comments

जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी २०७५ पौष २६ गतेबाट सहायक रथी याम प्रसाद ढकालले सम्हाल्नु भएको छ ।

सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गर्नु भएको हो।

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी भण्डारीले आभार प्रकट गर्नु भएको छ ।

सूचना अधिकारी तथा सैनिक प्रवक्ताको कार्यकाल सफलतापूर्वक सुसम्पन गरी आफ्नो कार्यभार नवँ नियुक्त सैनिक प्रवक्तालाई हस्तान्तरण पश्चात वहाँ आजै नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधीकृतको रुपमा जाँदैहुनुहुन्छ ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।