Nepalese Army Official Seal/Logo

अनर्गल समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण

Hollywood Khabar January 17,2019 Comments

४माघ,काठमाडौं।प्रधानसेनापति पूर्णचन्द्र थापाको पोशाकलाई लिएर केहि अनलाईन समाचार माध्यममा वास्तविकतालाई तोडमोड गरी गरिएको अनर्गल समाचारप्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ।भारतको औपचारिक भ्रमण सम्पन्न गरी मिति २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने सिलसिलामा प्रधान सेनापतिको पोशाकलाई लिएर पूर्व जर्नेल तथा सैनिक विज्ञ एवं अर्को प्रसंगमा सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईन समाचार माध्यम मार्फत गरिएको अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको हो।

जंगी अड्डाले बिज्ञप्ति जारि गर्दै भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता हुनु भएको जानकारी गराउँदछौ भनेको छ। जंगी अड्डाले केही अनलाईन मिडियाले तर्क गरे बमोजिम टोपी (फरेज क्याप) भारतमा छुटेको भन्ने समाचारमा कुनै सत्यता नभएको तथा समाचारमा दाबी गरिए अनुसार प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्य चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता हुनु भएको नेपाली सेना थप प्रष्ट पार्न चाहन्छ भनेको छ।

जंगी अड्डाले सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात् सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिनु भएको समेत जानकारी गराएको छ।वास्तविकता भन्दा भिन्न हुने गरी प्रकाशित भएका भ्रमपूर्ण एवं कसैको पूर्वाग्रहबाट प्रभावित अनर्गल समाचारबाट भ्रममा नपर्न नेपाली सेना सबैमा हार्दिक अपिल गर्दछ - नेपाली सेना,जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाडौं।