-नेकपाको झगडा मिलाउन चिनियाँ राजनैतिक टोली घर-घर भेटघाटमा व्यस्त

नेकपाको झगडा मिलाउन चिनियाँ राजनैतिक टोली घर-घर भेटघाटमा व्यस्त

Hollywood Khabar December 28,2020 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो बिभाजन, ध्रुवीकरण, आरोप-आक्षेप, संसद बिघटन, मुद्दा र प्रदर्शनबीच चिनियाँ राजनीतिले हस्ताक्षेम सुरु गरेको छ।

यस पहिला नेकपाको एकीकरण गर्ने भन्दा केहि वर्ष पहिला पनि एउटा चिनियाँ नेता दैनिक रुपमा चिनबाट प्राइभेट जेटमा आउँथे, ओर्लन्थे, को-कोलाइ भेट्थे र जान्थे। यो क्रम करिब एक हप्ता चल्यो। त्यसपछि पूर्व नेकपा एमाले र पूर्व आतंकारीहरुको पार्टी माओबादी केन्द्रबीच एकता भएको घोषणा गरियो।

हाल त्यो जबर्जस्ति जोडिएको नेकपा फुटेर फेरी दुइ टुक्रा भएको छ। तुरुन्तै तीन टुक्रा हुने अवस्थामा छ। यसै समय फेरी पनि चिनिया राजनैतिक कुओको टोली सक्रिय भएको छ। एउटा चिनियाँ टोलीले डिसेम्बर २७, २०२० आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट गर्यो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्षहरु माधब कुमार नेपाल, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग समेत भेटघट गरेको छ। उनीहरुले मिलेरै जान सुझाव दिएको कुरा बताइएको छ।

भेटघाट अझै पनि तिब्र रुपमा अझै पनि चलेको छ। टोलीले मंगलबार कांग्रेस सभापति शेर बहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग सेमत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यो टोलि अझै तीन दिन नेपालमा रहने छ।