-NEAJA Official LOGO

शालिकराम पुडासैनी मृत्यूबारे नेपाल अमेरिका पत्रकार संघको ध्यानाकर्षण

Hollywood Khabar August 22,2019 Comments

प्रेस विज्ञप्ती

नेपाल नुवाकोट घर भई पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा चितवनको एक होटलमा शव भेटिएको घटना र त्यसपछि उत्पन्न विषषमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यानाकर्षण भएको छ।

सो घटनाको यथाशक्य छिटो छानविन गरी वास्तविकता बाहिर ल्याउन नेजा सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ। मृतक पत्रकार पुडासैनीप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।

सोही घटनासँग जोडेर न्यूज २४ टेलिभिजनमा कार्यरत, सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने सहित कार्यक्रम निर्माण टिमका सदस्य युवराज कँडेललाई नेपाल प्रहरीले पक्राउ गरि अनुसन्धान र छानविनका क्रममा हिरासतमा राखिएको छ।

लामिछाने र कंडेललाई पक्राउ गर्दा प्रहरी प्रशासनले प्रेस स्वतन्त्रता र न्याय संगत प्रकृयाको समेत उल्लंघन गरेको हाम्रो ठम्याई छ। यस सन्दर्भमा नेपाल पत्रकार महासंघको धारणा र भूमिकाप्रति नेजा एक्यवद्धता जनाउँदछ।

बरू दोषीहरू उम्किउन्, तर निर्दोषहरू नफँसुन्' भन्ने कानुनको मान्यता बमोजिम यो घटनाको चाँडोभन्दा चाँडो सत्यतथ्य पत्ता लगाएर निष्कर्शमा पुर्याउनका लागि समेत अपिल गर्दछ।

लोकतन्त्रको बलियो पक्ष नैं निर्भिक र स्वतन्त्र प्रेस भएकाले यस तर्फ सम्बन्धित पक्षवाट ख्याल हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ।

अन्तमा प्रहरी प्रशासनलाई घटनाको अनुसन्धान बिना पुर्वाग्रह निश्कर्षमा पु–याउन अपिल गर्दछौँ ।

किरण मरहठ्ठा

महासचिव नेपाल अमेरिका पत्रकार संघ (नेजा)

अगस्त २३,२०१९, अमेरिका