नेपाल अमेरिका पत्रकार संघ-नेजाको सदस्यता लिने म्याद मे ३१ सम्म

Hollywood Khabar May 10,2018 Comments

विगत एक दशकदेखि उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको आगामी जुलाई महिनाको २१ र २२ मा हुन गैरहेको छैटौं अधिवेशनमा हार्दिक स्वागत गर्दछौं ।

नेजाको विद्यमान विधान अनुसार अधिवेसनको एक महिना अगावै अर्थात् आगामी मे ३१, २०१८ भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएकोले सदस्यता खुला गरिएको जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ। तसर्थ नेजाको विधान अनुसार सदस्यता लिन एवं नविकरण गर्नको लागि सम्पूर्ण सदस्यहरुमा हार्दिक अनुरोध गरिन्छ ।

जनवरी ७, २०१७ मा बसेको कार्यसमिति बैठकले नेजा सचिवको संयोजकत्वमा पाँच जना क्षेत्रीय संयोजकहरु सदस्य रहनेगरी एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ। नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको, नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न, उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ ।

त्यसैले नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन गर्नुहुन अनुरोध छ । तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://www.neajausa.org/associate-and-general-member-form/ मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।

नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )
नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि )
आजीवन सदस्यता शुल्क : ३०० डलर
तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल
(najausa@gmail.com) गर्न सक्नुहुनेछ ।

नयाँ सदस्यता तथा नविकरणको लागि लिंक;
http://www.neajausa.org/associate-and-general-member-form/
यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।

बिधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने लिंक;
http://www.neajausa.org/life-members-form/
यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।

तोया दाहाल
महासचिव, नेपाल अमेरिका समाज, नेजा
Nepal America Journalists' Association (NEAJA), USA