नेपाल अमेरिका पत्रकार संघका संस्थापक सदस्य जयदेव गौतम

नेपाल अमेरिका पत्रकार संघका संस्थापक सदस्य गौतमको उपचारार्थ

Hollywood Khabar January 23,2019 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक सदस्य जयदेव गौतम हाल उपचारत रहनुभएको छ ।

नेपाल पाल्पा घर भई हाल अमेरिकाको भर्जिनिया बस्दैं आउनुभएका उहा करिव ३ महिना अस्पतालमा उपचार गराई हालैं मात्र अस्पतालवाट घर फर्कनुभएको छ । तर उहा पूर्ण रुपमा निको भने भैसक्नुभएको छैन । अहिले पनि उहाको उपचार नियमित रुपमा भैरहेको छ ।

मिडिया मनिटर जिएमएमपीमा काम गरिसक्नुभएका गौतम नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व उपाध्यक्ष, नेपाल वातावरण पत्रकार संघका पूर्व सदस्य रहीसक्नुभएको छ।

नेपाली पत्रकारिताका एउटा इतिहास गौतमले लामो समय पत्रकारिता गर्दा युगसम्वाद साप्ताहिकको सहायक सम्पादक, कान्तिपुर दैनिक वरिष्ठ उपसम्पादक, चित्रण साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक, विश्व सन्देश साप्ताहिक लगायत दर्जन बढी संचारमाध्यममा काम गरिसक्नु भएको छ ।

विभिन्न साहित्य संग्रह तथा फुटकर रचनाहरु प्रकाशन गरेर साहित्यकारको समेत परिचय बनाउनुभएका गौतम श्रीमती र छोराका साथ अमेरिकामा हुनुहुन्छ । अग्रज पत्रकार गौतमको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले गो फन्ड मी खोलेको छ ।

केही दिन अघि नेजाका अध्यक्ष सुदीप पन्तको नेतृत्वमा एक टोलीले भर्जिनिया गएर पत्रकार गौतमसग भेटघाट गरी उहाको स्वास्थ्य अवस्थादेखि उहाको आर्थिक अवस्था बारे जानकारी लिएको थियो । तत्पश्चात नेजाले उहाको सहयोगार्थ अभियान चलाउने निर्णय गरी ५ सय १ डलर राखेर गो फन्ड मी को सुरुवात गरेको छ ।

सदस्यहरुको दुःखमा सदैंव नेजा सगैं रहदैं आएको छ र भविष्यमा पनि रहीरहनेछ भन्ने उद्घोष सहीत झण्डैं २५ हजार डलर लक्ष्य राखेर सुरु गरिएको गो फन्ड मी सहयोग गरिदिनुहुन सम्पूर्ण नेजा हार्दिक आग्रह गर्दछ ।

सहयोगका लागि तलको लिंकमा जान सकिनेछ । साथैं यस लिंकलाई शेयर गरी सहयोग गर्नुहुनु समेत हार्दिक अनुरोध गरिन्छ ।

https://www.gofundme.com/ddeun9-a-cause-i-care-about-needs-help?fbclid=IwAR3Z_ORNL-uWwsdQ7EbVoLpsl1ciaFE7D-1I5F7qCsBUx7xnSdSJP53obcw

महासचिव

किरण मरहठ्ठा

नेपाल अमेरिका पत्रकार संघ (नेजा)