-नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ महाधिबेशन भर्जीनियामा हुने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ महाधिबेशन भर्जीनियामा हुने

Hollywood Khabar April 05,2021 Comments

विज्ञप्ति

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ महाधिबेशन तथा १४औँ साधारणसभा भर्जीनियामा जुलाइ २४ र २५, २०२१ मा भर्जीनियामा हुने भएको छ।

काबा अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा सल्लाहकार सहित अप्रिल ४ आइतबार बसेको नेजा कार्यसमितिको वैठकले मिति तय गर्दै अधिबेशन तथा साधारणसभा सम्पन्न गर्न डिसि मेट्रो क्षेत्रको नेजा क्षत्रिय संयोजक लिला ओझालाइ संयोजक तोकेको छ ।

संयोजन समितिका अन्य सदस्यहरु अगामी बैठकले विस्तार गर्नेछ । नेजाको गतबर्ष मे मा हुने तय भएको अधिबेशन कोरोना महामारिको कारण स्थगित भएको थियो । महामारि पुर्णतः साम्य नभैसकेको भएता पनि खोप लगाउने कार्य तिव्ररुपमा भैरहेको र कयौँः राज्यहरुमा भेला गर्न तथा स्वतन्त्र आवतजावत गर्न फुकुवा गरिसकेको परिस्थितिलाइ मध्यनजर गर्दै जुलाइ महिनासम्म अमेरिकाभर अवस्था सामन्य बन्ने अपेक्षाका साथ संस्थाको गतिशिलतालाइ जिवन्त राख्न अधिबेशनको मिति तोकिएको हो ।

यस सन्दर्भमा, अमेरिकाभर रहनुभएका नेजा सदस्यलाइ महाधिबेशनमा सहभागिताको लागी अनुकुलता मिलाइ राख्नुहुन समेत यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिएको छ ।

किरण मरहठ्ठा
महासचिव
अप्रिल ५, २०२१