-नेपाल अमेरिका पत्रकार संघको १३ औं बार्षिक साधारण सभा मे ४ र ५ मा

नेपाल अमेरिका पत्रकार संघको १३ औं बार्षिक साधारण सभा मे ४ र ५ मा

Hollywood Khabar April 25,2019 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सदस्यहरु,
नेजा को १३ औं बार्षिक साधारण सभाको निर्धारित मिति आउन अब १० दिनमात्र बाँकी छ। तपाई सबै आदरणीय सदस्यहरुले अवश्य पनि डालसका लागि हवाई टिकट लिइसक्नुभयो होला भन्ने आशा हामीले गरेका छौं ।

यसपटक नेजाको साधारण सभालाई बढीमात्रामा मनोरञ्जनात्मक र यात्रात्मक बनाउन स्थानीय साथीहरु खटिरहनुभएको छ। तसर्थ मे ३ तारिक दिउँसो ३ बजे अघि डालस पुग्नुहुने साथीहरुका लागि स्थानीय आयोजक साथीहरुले ओक्लाहोमासम्मको यात्रा र अवलोकन अनि क्याम्प फायर सहितको व्यबस्था मिलाउनुभएको छ। तसर्थ साथीहरु ३ तारिक ३ बजे अगावै डालस पुग्नका लागि विशेष आग्रह गर्दछौँ।

तपाइहरु ३ तारिक ३ बजे पछिमात्र डालस आउनु हुन्छ भने सो दिनको लागि बस्ने र खाने व्यबस्था आफैँ मिलाउनुपर्ने हुन्छ। आयोजकको तर्फबाट मे ४ र ५ तारिकको लागि मात्र होटल बुक गरिएको छ। होटलको लागि बस्ने कन्फरमेसन तत्काल आवश्यक पर्ने भएकोले साथीहरुले आज बेलुकीसम्म सम्मेलन तयारी समितिका संयोजक विकासराज न्यौपाने र सचिव सुरज भण्डारीलाई फोन गरेर खबर गरिदिनु भएमा सहजता पुग्ने थियो ।

पुनश्चःडालसको बसाईलाई रोमाञ्चक बनाउन हामी निरन्तर रुपमा सकृय भएर लागिरहेको व्यहोरा जानकारी गराउँदै तपाईहरुको उपस्थितीका लागि फेरि पनि विनम्र अनुरोध गर्दछौँ ।
किरण महहठ्टा
महासचिव