नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छᱼनेकपा अध्यक्ष पुष्पकमल दाहाल

0
shares

by Soni Sharma | Updated: 19 Nov 2019

87 views
ᱼनेकपा अध्यक्ष पुष्पकमल दाहाल 

३ मंसीर नवलपरासी।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा दाहालले भने, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेको छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन्, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व छ भने।अध्यक्ष दाहालले पार्टीले अव प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए ।