-NRNA:एनसीसी अमेरिका निर्वाचन प्रमुख विश्वनाथ बराल

NRNA:एनसीसी अमेरिकाको निर्वाचन कानुनले रोकेको अवस्था बाहेक निर्धारित समयमा नै हुन्छ-निर्वाचन प्रमुख बराल

Hollywood Khabar May 13,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन निर्धारित मिति र समयमा नै हुने कुरा निर्वाचन आयोगका प्रमुख विश्वनाथ बरालले बताएका छन्।

गैरआवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी राज जोशीले मे १४, २०१९ का दिन संघको एनसीसी अमेरिकाले बिधि र प्रक्रिया संगत नागरेको भन्दै सो पुरा गरेर मात्र निर्वाचनमा जान सुझाव दिएका छन्। उनले त्यसो नगेर विकल्पमा जाने समेत चुनौती दिएका छन्। यसबाट जनमानसमा एक किसिमको अन्योलता आएको छ।

सो बिषयमा एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोग प्रमुख विश्वनाथ बरालले हलिउडखबरसँग कुरा गर्दै निर्वाचन निर्धारित समयमा नै हुने कुरा बताएका छन्। बरालले भने-हिजो मात्र अदालतबाट निर्वाचन नरोक्नु, समयमा नै गर्नु भन्ने फैसला भएको छ। अब संघको अन्तराष्ट्रिय र एनसीसीबीचको संबन्ध सुधार्ने, दुरुस्त पार्ने कुरा एनआरएनए एनसीसी अमेरिकाको हो, निर्वाचन आयोगको होइन।

सदस्ता छानविन गरेर निर्वाचनको लागि पठाइएका पंजीकृत सदस्यहरुलाई सिष्टमा लगेर निर्वाचनमा लैजाने काम मात्र आयोगको हो। यदि सो कुरा सहि होइन भने पनि सदस्यता छानविन गर्ने जिम्मेवार टिम र त्यसलाई प्रमाणित गरेर पठाउने एनसीसी भागिदार हो, आयोग होइन।

अब यो अवस्थामा एनसीसी र आइसीसी दुवै बिधानले नछोएको कुरा यो निर्वाचन रोक्ने भन्ने कुरा हो। एनसीसी बिधान अनुसार नोमिनेशन भएको अवस्था देखि वर्तमान कार्यसमिति काम-चलाउ हो। उसले निर्वाचन सार्ने काम कानुन या साधारण सभा बाहेकको अवस्थामा गर्न नसक्ला भन्ने मेरो बुझाइ हो। अथवा बिधान अनुसारका कोरमका मतदाता/सदस्यहरुले माग गरेको अवस्थामा मात्र यो होला अन्यथा रोक्नुपर्ने अरु कारण मेरो कार्यक्षेत्रमा पर्दैन।

म आफूले निर्वाचन आयोगबाट यो यसै अवस्थामा मात्र निर्वाचन रोक्ने अधिकार विधानले दिएको छैन। कानुनले रोकेको या आदेशी दिएको अवस्था, बिधान अनुसार सदस्यहरुले माग गरेको अवस्था बाहेक आफूबाट यो स्थिति नदेखिएकोले निर्वाचन निर्धारित समयमा नै हुन्छ, बाराले भने।