NRN ICC Official LOGO

NRNA:राष्ट्रिय समन्वय परिषद महाधिवेशन संचालन संबन्धि नियमावलीको उलंघनभयो-महासचिव के सी

Hollywood Khabar May 31,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१/१९

गैरआवासीय नेपाली संघले आफ्ना थुप्रै राष्ट्रिय समन्वय परिषदहरुमा राष्ट्रिय समन्वय परिषद महाधिवेशन संचालन संबन्धि नियमावली र बिधानको उल्लंघन भएको कुरा जनाएको छ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा बद्रि के सीद्वारा मे ३१, २०१९ मा प्राप्त सर्कुलर अनुसार सो कुरा जनाइएको छ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले मे ५, २०१९ मा भएको आफ्नो बैठकले राष्ट्रिय परिषद महाधिवेशन संचालन संबन्धि परिमार्जित नियमावली पारित गरेको थियो।

महासचिव डा के सीले पछिल्लो समयमा सामाजिक साजाल, निर्वाचन क्याम्पेन र थुप्रै तरिकाएले संघको बिधान, आचार संहिता, नियमावलीहरुको उलंघन भएको कुरा उल्लेख गरेका छन्। संघको बिधान-बिनियमावली अनुसार कुनै पनि राजनैतिक, जातिय र धार्मिक रुपमा संघमा प्रभाव हुन नहुने प्रावधान छ।

नियमावलीको ५.१० मा गरिएको ब्यबस्था अनुसार-राजनैतिक, क्षेत्रीय, जातीय या धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आब्हान गर्न वा प्रचार गर्न पाइने छैन।

परिषदका महासचिव डा के सीले सम्पूर्ण एनसीसी निर्वाचन कमिटीहरुले संघको बिधान र बिनियमावली अनुसार कडाइकासाघ कार्य गर्न गराउन निर्देशन जारि गरेका छन्। राष्ट्रिय परिषद निर्वाचन कमिटीहरुले निर्वाचनमा यस्ता उलंघनका गतिबिधि भएको अवस्थामा संबन्धित उम्मेद्वारहरुको उम्मेद्वारी रद्द/बदर गर्न समेत भनेका छन्।

संघको बिनियमावली २०१९ को प्रति हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://documentcloud.adobe.com/link/track?uri=urn%3Aaaid%3Ascds%3AUS%3A5b6712e6-55a1-4afb-832f-ccaf61d20996